काठमाडौँ । गायिका भूमिका शाहले यसबर्षको तीज गीत सार्वजनिक गरेकी छिन् । ‘हाईहाई छमछमी नाँचौ बरिलै’ बोलको गीत केहिदिन अघि आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत, स्वर भूमिकाकै रहेको छ ।
गीतको भिडियोमा भने मोडल झरना रिजाल र प्रिया गुरुङले छमछमी नाँचेका छन् । भिडियो उत्तम श्रेष्ठले निर्देशन गरेका हुन् । यतिबेला गायिका भूमिका युकेमा रहेकी छिन् । भूमिकाले युकेबाटै गीत रेकर्ड गराएकी हुन् भने भिडियो नेपालमै निर्माण गरिएको हो ।







२४ भाद्र २०८३, बुधबार १०:०८ 









