काठमाडौं । पुराना गायक तथा सर्जक हुन् सुजन बराइली । उनले नियमित गीतसंगीत सिर्जना गरिरहेका हुन्छन्, उनका दर्जनौं गीत युट्युवमा भेटिन्छन् । यसबर्षको तीज लक्षित गीत पनि उनले ल्याएका छन् । उनको यसपटकको तीज गीतको बोल छ, पुतली बगैचा ।
गीतको भिडियो आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । गीतमा सुजनसँगै अन्जिता बिश्वकर्माको स्वर छ । गीतमा शब्द र संगीत सुजनकै रहेको छ । संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् ।
सुजनको गीतका शब्दहरुलाई लिएर केहि सामाजिक सन्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन्, अर्थात शब्दहरु दुईअर्थी लगाउने खालका राखिएको भन्ने आरोप समेत लागेको छ । यद्यपी सुजनले भने सुन्ने र हेर्ने अडियन्समा भर पर्ने जवाफ दिएका छन् ।
गीतको भिडियोमा मोडल सुरेश कोहली र आरुषी मगरको अभिनय छ भने अबिषेक वाग्लेले कोरियोग्राफी गरेका छन् । अजय रेग्मीले खिचेको भिडियो अमृत चापागाईंले सम्पादन गरेका हुन् भने कुमार केसीले निर्देशन गरेका छन् ।
सुजनले यसअघि थुप्रै गीत गाएका छन् । जसमध्ये मल्लाज दरबार (पन्चे बाजा), सम्झना जन्मभुमिको (सालैजो), पर्बते ठिटो, रोटि गुलियो, ए साइली, धौलागिरी शिर (पन्चे बाजा), रिस गर्ने भनेका आफ्नतनै हुन लगायत दुईदर्जन माथी आफ्नै शब्द र संगीतमा गीत सार्वजनिक छन् ।
पर्वत जिल्लाको मल्लाज हालको जलजला गाउपालिका वडा २ मा जन्मेर २०६१ साल देखि काठमाडौ आएका सुजन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समिती ललितपुरको पुर्व अध्यक्ष समेत बनिसकेका छन् ।







२७ भाद्र २०८३, शनिबार १२:५२ 









