‘सुपर ट्यालेन्ट नेपाल २०२६’ सम्पन्न, प्रियंशु र समीक्षाले जिते उपाधि

...

काठमाडौं । रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामासुपर ट्यालेन्ट नेपाल २०२६नृत्य तथा गायन प्रतियोगिता राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा नृत्य र गायन विधामा गरी कुल १७ जना प्रतिभाले सहभागिता जनाएका थिए ।

नृत्यतर्फ प्रियंशु न्यौपाने विजेता घोषित भए । सुपिक्षा थापा मगर फस्ट रनर्सअप र अपेक्षा खाती सेकेन्ड रनर्सअप बने । आयुषी थापाले पब्लिक च्वाइस विनर तथा सचिना तामाङले भ्यूअर्स च्वाइस विनरको उपाधि हात पारे ।

त्यस्तै, गायनतर्फ समीक्षा तामाङ विजेता भइन् । अनुष्का अधिकारी फस्ट रनर्सअप र सुम्निशा लिम्बू सेकेन्ड रनर्सअप घोषित भए । समीक्षाले पब्लिक च्वाइस विनरको उपाधि समेत जित्दा सेमसाङ गुरुङ भ्यूअर्स च्वाइस विनर बने ।

दुवै विधाका विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कारसँगै १६टी रेस्ट्रो एण्ड बारका गिफ्ट भाउचर प्राप्त गरे । अन्य विजेतालाई पनि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाको प्रमुख आतिथ्यता तथा रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन अश्विनी झाले गरेकी थिइन् ।

प्रतियोगितामा नृत्यतर्फ सन्दीप भुजेलले डान्स शिक्षक तथा गायनतर्फ ओम सुनारले संगीत शिक्षकका रूपमा प्रतियोगीलाई प्रशिक्षण दिएका थिए । गायन विधाको निर्णायकमा वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीत निर्देशक राजु सिंह र गायिका सुमित्रा कोइराला रहेका थिए ।

नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ, कोरियोग्राफर कृष्ण रसाल र अभिनेता शितल केसी निर्णायक थिए ।

कार्यक्रम व्यवस्थापनमा गंगा महर्जनले टिम म्यानेजर तथा बिन्दिया श्रेष्ठले मोडल कोअर्डिनेटरको जिम्मेवारी सम्हालेका थिए ।

यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । समाजसेवी तथा लिम्बू कलाकार सरु माङ्मु लिम्बू, अभिनेता तथा युवा व्यवसायी देबेन्द्र नेम्बाङ, चलचित्र निर्माता तारा शिरेङ चोङ्बाङ, कवि तथा गीतकार अञ्जना राई, कवि तथा साहित्यकार सनी लिम्बू, गीतकार तथा चलचित्र निर्माता जस्मिन श्रेष्ठ, चलचित्र निर्माता पुजा गुरुङ, छाला रोग विशेषज्ञ तथा हेयर ट्रान्सप्लान्ट सर्जन एसोसिएट प्रोफेसर डा. सुचना मरहट्टा, ब्युटिसियन तथा सौन्दर्यकर्मी अमित्रा ढेके, रोशना राजथला र चन्दा पुनलगायत सम्मानित भएका थिए ।

तस्वीर : बद्री थापा