बन्ने भयो ‘छक्का पन्जा २’ पनि

फागुन, काठमाडौं । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’को सिक्वेल पनि बन्ने भएको छ । सरस्वती मुभिजको ब्यानरमा बन्ने ‘छक्का पन्जा २’ चलचित्रलाई दिपा श्री निरौलाले नै निर्देशन गर्ने बताइएको छ ।

चलचित्रको कथाबस्तुको काम भइरहेको र केहि कलाकारहरुको फाइनल भइसकेको बताइएको छ । ‘छक्का पन्जा’का मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, शिवहरि पौडेल, ‘छक्का पन्जा २’ का लागि फाइनल भैसकेका छन् । चलचित्रका लागि एक नायक र एक नायिका फाइनल गर्न बाँकी छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले नायक र नायिका चलेकै हुने बताए ।

दिपकले छक्का पन्जाको आभास हुने गरी छक्का पन्जा २ निर्माता गरीने बताए । ‘‘छक्का पन्जा २’ मा छक्का पन्जाको अन्त्यबाट कथा सुरु हुने भन्ने होइन तर दर्शकले चलचित्र हेरीरहँदा छक्का पन्जाको आभास भने गर्नुहुनेछ ।’ , दिपकले भने ।

उनका अनुसार चलचित्रको छायांकन जेठ १० गतेबाट सुरु गरिनेछ । किरण कँडेलले एउटा गीतमा अहिले संगीत भरिरहेको दीपकले बताए । चलचित्रको रिलिज मिति भने केहि दिनमा सार्वजनिक गरीने दिपकले बताएका छन् ।