बद्रिनाथकि दुल्हनिँया : नारी सशक्तिकरणको कथा

फागुन काठमाडौं। हामी २१औं शताब्दिमा छौं । २१औं शताब्दिमा यसकारण छौं, कि हामीमा महिलाप्रतिको सम्मान बाँकी छ र गर्न थालेका छौं । तर महिला र पुरुष बराबर हुन् भन्ने शब्दको दुरुपयोग हुँदा भने हामी अझै पनि उन्नाईसौें शताब्दिमा छौं जस्तो लाग्छ । एक महान व्यक्तिले भनेका छन्, एउटी श्रीमतीले श्रीमानलाई शिरमा राख्छिन्, त्यसको बदलामा श्रीमानले पाऊमा । अनि हामी अझै पनि महिला पुरुष बरावर भन्न छाडेका छैनौं । यो आकाश जमिनको फरकले अझै पनि लाग्छ हामी ढुङ्गे युगमा त्यो अधिकार खोजिरहेका छौं, जुन हजारौं पुस्ता सकिँदा समेत पाउन सकिँदैन् ।

महिला सशक्तिकरणको कुरा किताबमा सिमित छ । कसैले त्यसको बिरोध गर्दैनन्, । एउटी नारी जसले हरेक सपना सिरानीमा साँचेको हुन्छे, आंसु संगै बगाएकी हुन्छे । तर उसलाई कुनै दिन सोधिदैन्, तिमी के गर्न चाहन्छौ । मात्र सोधिन्छ, बिहेको लागि केटा कस्तो छ । उसले नमिठो मुस्कान दिन्छे । लाग्छ कुनै अमिलो अचार मुखमा जवरजस्ती कसैले राखिदिएको छ । हरेक दिन बिहान, सिरानीमा राखेर छुटेको सपनासंगै दौडिन्छे, सांझ ढल्कदै जान्छ, अनि उहि अनिन्द्रो सपनाको खेती । रातमा देखेको सपना पुरा भएको थोरै मात्र सुनेका छौ हामीले, त्यस्तै सपना हरेक रात सजाएकी हुन्छे उसले ।

एउटा आमा बुबाले छोराको लागि जति खुला छाडेका छन्, त्यो महिलाको लागि निकै कम मात्र छाडिएको हुन्छ । एउटी नारीको पनि सपना हुन्छ, म परिवारको छोरा जसरी रहुँ । उसलाई पनि रहर हुन्छ, आफैले केही गरुँ,परिवारको नाम उच्च राखुँ,छोराको जसरी सबैलाई खुसी राखुं तर उसको दुर्भाग्य उ एउटी नारी हो । उसलाई कुनै अधिकार छैन् कि उ परिवारको छोरा जसरी रहोस । हामीले जतिनै महिला अधिकारको कुरा गरे पनि अझै महिला र पुरुषमा समानता आउन सकेको छैन्, महिला र पुरुषमा भेदभाव घटेको छैन् । अरु त अरु, महिला र पुरुष बराबर हुन् भनेर दिईने नेता देखी राजनेता सम्मका भाषण सायदै हामी कसैले छुटाएका छैनौं । त्यसोभए के हामीले कहिल्यै देखेका छौं, महिला र पुरुष बिच समानता आएको ?एउटी नारीले आफ्नो बुवा संग सोध्छे, बुवा म पढाईको लागी बिदेश जाऊं? जवाफमा मिल्छ-किन जानु विदेश अव बिहे गर्नु पर्छ । अनि त्यहि बुवा कुनै भाषणमा गएर भन्छ, छोरा छोरी बराबर हुन्, उनिहरुलाई बराबर अधिकार दिईनु पर्छ । त्यसोभए उसलाई उसकै बावुले किन दिएनन् त आफ्नै छोरीको अधिकार ?

त्यसोत हामी आफ्नै छोरीलाई त उसको अधिकारबाट टाढा राखिरहेका छौँ भने बुहारीलाई त टाढाको कुरा । हरेक बुहारीको चाहाना हुन्छ, विवाह गरेपछि पनि म कुनै काम सम्हालुँ, कुनै संस्थामा काम गरुं, राम्रो काम गरुं । जव उसको विवाह हुन्छ अनि उसको सपनामा ताला लगाईन्छ । बुहारीको काम घर सम्हाल्ने मात्र होईन्, बाहीरको काम पनि गर्न पाउनु पर्छ, यो हामीले धेरै सुन्ने गरेको भनाई हो । तर के हामीले अझै पनि यो शब्दको दुरुपयोग भएको सुनेका छैनौं र ? महिला र पुरुषमा समानता ल्याउन सार्बजनिक सवारी साधनमा महिला सिट छुट्याएर मात्र पुग्दैन् उसलाई खुल्ला आकाशमा उड्न पनि दिनुपर्छ । त्यसैको प्रतिबिम्ब हो ‘बद्रिनाथकि दुल्हनिँया’

महिला पुरुष बिचको भिन्नता, परिवारले छोरालाई हेर्ने दृष्टीकोण र छोरीलाई हेर्ने दृष्टीकोण हामीले आफ्नै आखाले देखेको अनुभुती दिलाएको छ ‘बद्रिनाथकि दुल्हनिँया’ ले । एउटी नारीले आफ्नो सपनासंग लडेको, सपना पुरा गर्न गर्ने कसरत दुःख र भोग्ने पिडाको यथार्थ कथा समेटेको छ ‘‘बद्रिनाथकि दुल्हनिँया’ ले । एउटी नारीको सपना विवाह गरेर श्रीमानको सेवा गर्नु मात्र होईन्, परिवारलाई खुसी राख्नु पनि हो । उसलाई विवाह गरेपछि श्रीमान संगै बस्नुपर्छ भन्ने कुनै कानुनको किताबमा लेखिएको छैन् न त कुनै अधिकारका शिर्षकहरुमा नै । एउटी महिलाले जिवनमा भोग्ने दुख र संघर्षका कथा यस सिनेमामा प्रस्तुत गर्न खोजिएको छ ।

सिनेमाको आधा भाग कुनै प्रेम प्रसंगले भरिएको छ । जुन प्रेम पाउन दौडिरहेको हुन्छ एक पात्र । उसलाई आफ्नो श्रीमती, श्रीमती मात्र रहोस भन्ने चाहाना हुदैन् । मात्र हुन्छ उ मेरै हुनुपर्छ । एउटा सांचो प्रेम गर्ने युवाको भुमिकामा सशत्त अभिनय गरेका छन् वरुणले । उनको अपोजिट रहेर एउटा सपना बोकेको महिलाको भुमिका छिन् आलिया भट्ट । जो कसैको प्रेम छाडेर आफ्नो सपना दौडिन्छे । आफ्नो दिदिको विवााहको लागि उसले आफ्नो प्रेमलाई बलि चढाँउछे । अझै भन्दा उसले प्रेमनै गरेकि हुँदैन् । आलियाको पछि दौडिने बरुण उसलाई आकर्षित गर्ने बाहेक अरु कुनै काम देखाईएको छैन् । आलियाको प्रेमको लागि उसले आलियाको दिदीको विवाह गरिदिने आशा देखाउँछ । विवाह पनि हुन्छ, त्यो पनि एउटै जग्गेमा । तर अफशोस विवाहकै दिन आलियाले घर छोड्छे । त्यसपछि के हुन्छ, त्यसको लागि भने पुरा सिनेमा हेर्नै पर्छ । मात्र यति हो उ आफ्नो सपना पुरा गर्ने दौडमा दौडिन्छे ।

सिनेमा हेर्दा समय बितेको थाहै हुदैन् । सिनेमाभित्र प्रेम, पारिवारीक प्रेम कथा, रमाईलो सबैलाई समेटिएको छ । सिनेमामा सबै कलाकारको अभिनय सशत्त लाग्छ । सजिलो तरिकाले कथालाई बगाईएपनि कहि कतै मसलाको अपुग भने लाग्छ । सिनेमा हेर्दा जव ब्रेक भयो तव सबैले भनेको एउटै शब्द सुन्न पाईयो, ‘कतै कतै के नपुगेको के नपुगेको जस्तो लाग्यो ।’ ब्रेक अघि फरक शैलीमा कुदेको सिनेमाले ब्रेक पछि अर्के मोड लिन्छ । सिनेमा हेरिसके पछि भने वरुणको अभिनयको तारिफ गर्न सायदै कसैले छुटाउला । सिनेमामा आलिया भने फिक्का देखिईन् । अभिनयको हिसावले वरुणसंग उनको तुलना सबैले गरे । केही कमि भन्न भने कसैले डर मानेनन् । उनको भुमिकाका लागि आलियाले अझै केही निखार ल्याउनु जरुरी थियो । तर पनि सिनेमा हेर्दा आनन्द भने पक्कै पनि महशुस हुन्छ ।

सिनेमाको कथा बस्तु, स्क्रिप्ट र कलाकार छनौट सबैभन्दा बलियो पक्ष हो । एउटी महिलाको संर्घषको कथालाई मजबुद तरिकाले प्रस्तुत गर्न सफल छन् सिनेमाका निर्देशक सशांक खेताङ्ग । सिनेमाको सम्पादन पक्ष पनि बलियो मान्न सकिन्छ । कहि कतै सिनेमामा यसो गरिदिएको भए हुन्थ्यो भने सबैलाई लाग्छ । सामान्य दर्शकका लागि सो कुराको ख्याल नहुने भएपनि निर्माण पक्षले सिनेमालाई सबै कुराबाट आफुलाई मजबुत राख्नु पर्ने थियो । कँहि कतै सानातिना छुटपुट र कमि कमजोरी भएपनि सिनेमाको गल्तिलाई भने कथाबस्तुले ढाकछोप गर्न भ्याएको छ । मजबुत कथाबस्तु र कलाकारको प्रस्तुतीले सिनेमाको दर्शकलाई सिनेमा नसकुन्जेल सम्म मनोरञ्जन र सन्देश दुबै प्रदान गर्छ ।