राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’ चैत्र २९ बाट रिलिज हुने

...

काठमाडौँ । छायांकन भइरहेको चलचित्र ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई चैत्रको २९ गतेबाट रिलिजमा आउने घोषणा यसको निर्माणपक्षले गरेको हो । नयाँ बर्षको छेको पारेर यो फिल्म चैत्र २९ बाट रिलिजमा आउन लागेको हो । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रबाट नायक राजेश हमाल फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसैले, पनि यो चलचित्र घोषणा भएसँगै प्रतिक्षामा छ ।
फिल्म ‘नरसिंहाः अवतार’मा राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा नेम महर्जन, दीपक शर्मा ढकाल, धु्रव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ ।
चलचित्रमा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । ८ बर्षपछि चलचित्र क्षेत्रमा फर्किन लागेका नायक राजेश हमालको भूमिकाले दर्शकलाई उत्साहित बनाएको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।