सिर्जनात्मक व्यवसायिकरणका लागि कार्यक्रम ‘सिर्जना संगम’ सुरु

चैत,काठमाडौं। सिर्जनात्मक विषयलाई व्यवसायिक रुपमा अगाडि बढाउने  हेतुले सिर्जना कलेज अफ फाइन आर्टसले सोमबारदेखि ‘सिर्जना सङ्गम’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट १५ वर्षअगाडि सम्बन्धन प्राप्त गरी चित्र, मूर्ति, सङ्गीत र नृत्य विषयको अध्यापन गराउँदै आएको यस कलेजले अब गुरु तथा शिष्यबीचमा अध्ययन र अध्यापनको मञ्चन गराउने भएको छ । सो कार्यक्रममार्फत गुरु तथा शिष्यले कक्षाकोठामा पढाएको विषयलाई दर्शकका सामु अभिनय गरी दक्षता प्रमाणित गर्नुपर्ने छ ।

कार्यक्रमको शुभारम्भ गर्दै विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीले यस्तो खालको कार्यक्रममले गुरु तथा शिष्य बिचको सम्बन्धलाई अझै सुमधुर बनाउने र विधार्थीले आर्जन गरेको शिक्षामा व्यवसायिकता ल्याउन सहयोग गर्ने जनाएका छन्। साथै उनले सो संस्थाको विकासका लागि आयोगले सहयोग गर्ने समेत जिकिर गरेका छन्।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष वर्षगोपाल वैद्यले सङ्गीत,नृत्य,चित्रकला तथा मूर्ति विषयको विकासका लागि विद्यालय तहदेखिनै पहल गर्नुपर्नेमा जोड दिएका छन्।