काठमाडौँ । लक्ष्मी पूजाको अवसर पारेर फिल्म ‘हजुरबाले भनेथे’ घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने फिल्म सुरेश न्यौपानेले निर्देशन गर्ने छन् । सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् ।
ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा ।बन्धु राज वाग्ले ,रोमिन पिया ,समीर शाही , को प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् । कार्यकारी निर्माता नवीन घायल रहने फिल्मको सह निर्माता हिमाल भण्डारी रहने छन् ।
जसमा निर शाह हजुर बा बन्दै गर्दा नाति को बन्ने भन्ने टुङ्गो लागेको छैन । फिल्मका अन्य कलाकार र प्राविधिक टिमको जानकारी निर्माण टिमले चाडै ल्याउने बताएको छ । फिल्ममा दुई नायक र दुई नायिका रहने छन् ।
माघ महिनामा फ्लोरमा जाने फिल्मको छायांकन अस्ट्रेलियामा ६० प्रतिशत र जुम्लामा ४० प्रतिशत हुनेछ । स्मरण रहोस् परान फिल्म पस्चात निर शाह यस फिल्म मार्फत टाइटल रोलमा देखिँदै छन् । यो फिल्म एउटा कमेडी तथा पारिवारिक कथामा अगाडि बढ्ने छ । यस फिल्मको लक्ष्य दर्शकलाई धेरै हँसाउने र थोरै रुवाउने रहने छ




२३ कार्तिक २०८३, आईतवार १५:५९ 








