दिवस हुमागाँई/ चैत, काठमाडौं । पछिल्लो समय नेपाली सिनेमाको बजार फराकिलो हुदै गएको छ । बलिउड र हलिउड सिनेमालाई समेत असर गरेको केही समय अघि रिलिज सिनेमाको उदाहरण हामी आफैले स्पष्ट देखेका छौ । सिनेमाको कथा बस्तु, स्क्रिप्ट र कलाकारको छनौट राम्रो भए सिनेमा सफल हुन्छन् भनेर रिलिज ‘जात्रा’, ‘छक्का पञ्जा’, ‘लुट २’ लगायतका सिनेमाले गतिलो उदाहरण दिएका छन् । तर केही सिनेमा यस्ता पनि बन्छन्, जुन नामकै आधारमा सुपर हिट हुन्छन् । नामकै आधारमा चलेका सिनेमाको बारेमा कुराकानी गर्ने हो भने पनि नेपालमा अधिंकाश सिनेमालाई दर्शकले ‘कस्तो चै होला त’ भनेरै हेरेका छन् ।

अब ‘छक्का पञ्जा’को कुरा गरौन्, ‘छ एकान छ’, ‘वडा नम्बर ६’ जस्ता सफल सिनेमा दिएका दिपक राज गिरी र दिपाश्री निरौलाको समुहले निर्माण गरेको ‘छक्का पञ्जा’ नामैले चलेको सिनेमा भन्दा फरक पदैन् । छक्का पञ्जाले १०१ दिन बढि ब्यापार गर्न भ्यायो । सबैले सिनेमा रिलिज हुनु अघि छक्का पञ्जाबाट खुबै आशा गरेका थिए । जब सिनेमा रिलिज भयो, तव सुनियो, सोचेको जस्तो छैन् । यस्तो भनेको सुनिरहँदा पनि सिनेमा चलिरह्यो । दर्शकलाई सिनेमा सोचेको जस्तो छैन् भन्ने कुरामा ध्यान गएन् मात्र ध्यान गयो, कस्तो चै बनाएछन् त भन्ने बिषयमा ।

"सिनेमामा नायिका श्रद्धा र नायक फिरोज पुरै फिक्का देखिएका छन् । अभिनयका हिसावले सिनेमाका तिन पात्र मात्र बलिया छन्, पुष्पल, सरोज खनाल र शेर बहादुर । शेर बहादुरको कमेडिमा दर्शक मज्जाले हाँस्छन् । तर कमेडिलाई ठिक ठाउँमा प्रयोग गर्न नजान्नाले सिनेमा खिचडी पकाएको जस्तै भएको छ । "

हामीकहाँ एउटा महारोग छ, रोगको लक्षण थाहा नपाई उपचारनै नगर्ने । ठ्याक्कै त्यसको उदाहरण हो सिनेमा ‘दर्पण छांया २’ । १६ बर्ष पहिले रिलिज भएको ब्लक बोष्टर सिनेमा ‘दर्पण छाँया’को सिक्वेल ‘दर्पण छाँया २’ ले दर्शकको अपेक्षालाई बुझेन् । मात्र रोगको पहिचान गर्न खोज्यो । सिनेमाले गम्भिर कथाबस्तु त उठायो तर त्यसको प्रस्तुतीमा भने केही चुकेको सजिलै बुझ्न सकियो । निर्देशकले ‘दर्पण छाँया’ सुपर हिट हुनुको पछाडी सायद म्युजिकल ड्रामा भएको अनुमान लगाएको हुनुपर्छ । ‘दर्पण छाँया २’ मा पनि म्युजिक ड्रामालाई नै प्रवेश गराउनु । कथा बस्तु र डाएलगमा केही फरक पना ल्याएपनि सिनेमामा कुनै नयाँपन छैन् । निर्देशकले सिनेमा निर्देशन गर्नुमात्र भन्दा पनि सिनेमालाई प्रस्तुत गर्ने शैलीलाई ध्यान दिनुपर्छ । कुनै पनि कुरालाई प्रस्तुत गर्दा पक्कै पनि त्यसमा सबैले ध्यान दिनु जरुरी छ र आफुतिर सबैको ध्यान तान्नका लागि अरु भन्दा केही फरकपना ल्याउनु जरुरी पनि छ । तर सफल र चर्चित निर्देशक तुलसी घिमिरेले त्यसलाई खासै ध्यान दिएको पाईएन् ।

सिनेमाको सबैभन्दा बलियो पक्ष थियो पुष्पलको अभिनय र सिनेमाको कथा बस्तु । तर पनि सिनेमामा केही अपुग पक्कै देखिन्थ्यो । सिनेमाका डाएलग प्रस्तुती देखी कलाकारहरुको हाउभाउ र प्रस्तुती सिनेमाको सबैभन्दा ठुलो कमजोरी हो । त्यसमाथि पनि कथा परिपक्क तरिकाले बगाउन नसक्नु निर्देशकको अर्को ठुलो गल्ति हो । सिनेमाले दुईवटा कथाबस्तु बोकेको छ । एउटा सिनेमा परिपक्क र सफल हुनका लागि पक्कै पनि एउटै कथाबस्तुलाई राम्रो र फरक तरिकाले प्रस्तुत गर्नुपर्छ । यसको मतलव दुईवटा कथाबस्तु पेश गर्न खोज्नु नराम्रो भने पक्कै होईन । तर पनि सिनेमाले भन्न खोजेको के हो भन्ने चाँही स्पष्ट खुलाउनु दर्शकका लागि अनिवार्य छ र सिनेमालाई आकर्षक र बलियो बनाउनका लागि पनि । तर सिनेमामा कथाबस्तुलाई स्पष्ट बगाईएको छैन् । सिनेमाले म्युजिकल ड्रामालाई अगाडी ल्याउन खोज्यो अथवा एउटा पात्रको गरिवीको समस्यालाई भन्ने कुरानै स्पष्ट छैन् । एउटा सिनेमाको सफल र चर्चित निर्देशकले सिनेमाको कथाबस्तुका बारेमा आफु पहिलेनै तयारी हुनुपर्ने थियो ।

एउटा संगीतमा जम्दै गरेको र सेक्सोफोनको क्रेजी एक पात्रले सिनेमामा आफुलाई सबैभन्दा बढी कमजोर देखायो अथवा देखाईयो । अभिनयका हिसावले सयौं म्युजिक भिडियो र एउटा सिनेमामा समेत काम गरिसकेका पुष्पल खड्का सिनेमामा फिक्का देखिए । अभिनयको हिसावले उनि बलियो त पक्कै छन् तर डाएलग डेरिभरी र प्रस्तुती उनको सबैभन्दा ठुलो कमजोरी हो । एउटा कलाकारको हिसावले पुष्पलले आफ्नो भुमिकालाई न्याए दिएपनि कथा बस्तु अनुसारको उनको शैली पनि अपाच्ये लाग्यो । अभिनयमा पुष्पललाई राम्रो कलाकारको रुपमा सबैले म्युजिकमा हेरे । उनको अभिनयको सबैले तारिफ समेत गरे । सहायक भुमिकामा अभिनय गरेपनि ‘अझै पनि’मा गरेको उनको अभिनयले उनलाई खुबै तारिफ दियो । सिनेमा ‘दर्पण छांया २’ मा उनको अभिनयको तारिफ गर्न पनि कसैले छोड्दैन् । तर पनि उनिमा भएको अभिनयको क्षमता यो सिनोमामँ देखाईएन् । यो निर्देशनको गतिलो कमजोरी हो ।

"सिनेमाको तारिफ त्यतिबेला गर्न मन लाग्छ जतिबेला स्रष्टालाई सम्मान स्वरुप उनिहरुको फोटो देखाईन्छ । एउटा कलाकार युगौ बाचिरहन्छ भन्ने भनाई सिनेमाको तारिफ योग्य र सिनेमाको दृश्य हेर्न सबैभन्दा बढी चाख लाग्ने पक्ष हो ।"

सिनेमाको बारेमा नराम्रो लेख्दा ठ्याक्कै भन्न पर्ने कुरा हो सिनेमाको छांयाकन पक्ष । ‘लुट २’ का दर्शकले सिनेमामा क्यामेरा धेरै हल्लाएको प्रतिकृया दिए । तर ‘दर्पण छांया २’ मा दर्शकलाई क्यामेरा कतिबेला हल्लिन्छ भन्ने मात्र लाग्यो । सिनेमाको दृश्यलाई एकनाशले खिचिएको छ । नयाँ प्रविधि र नयाँ प्राबिधिकहरु भित्रीरहेको बेला सिनेमाले पुरानै ठँगबाट आफुलाई प्रस्तुत गर्यो । सिनेमामा नायिका श्रद्धा र नायक फिरोज पुरै फिक्का देखिएका छन् । अभिनयका हिसावले सिनेमाका तिन पात्र मात्र बलिया छन्, पुष्पल, सरोज खनाल र शेर बहादुर । शेर बहादुरको कमेडिमा दर्शक मज्जाले हाँस्छन् । तर कमेडिलाई ठिक ठाउँमा प्रयोग गर्न नजान्नाले सिनेमा खिचडी पकाएको जस्तै भएको छ । क्यामेराको खिचाई र निर्देशनको शैलीअनुसार सबैभन्दा बलियो मान्न सकिन्छ सम्पादन पक्ष । हरेक दृश्यलाई मात्र सम्पादक भारती घिमिरे र प्रकाश बराईलीले ढाकछोप गर्न सफल छन् ।

सिनेमाले लोप हुन लागेका बाजाका बारेमा मज्जाले ब्याख्या गरेको छ । हामी सबैले पुर्खाको संस्कृतीको सम्मान गर्नुपर्छ भन्ने सन्देश सिनेमाको राम्रो पक्ष हो । जसले गर्दा दर्शकलाई केही अल्छि बनाएपनि सिनेमाले राम्रो भन्न खोजेको त्यतिबेला बुझिन्छ । सिनेमाको तारिफ त्यतिबेला गर्न मन लाग्छ जतिबेला स्रष्टालाई सम्मान स्वरुप उनिहरुको फोटो देखाईन्छ । एउटा कलाकार युगौ बाचिरहन्छ भन्ने भनाई सिनेमाको तारिफ योग्य र सिनेमाको दृश्य हेर्न सबैभन्दा बढी चाख लाग्ने पक्ष हो । सिनेमाको सुरुवात र अन्तिमलाई राम्रो भन्न सकिन्छ । लामो समयदेखी अमेरिका बस्दै आएकि साहाराको नेपाली भाषामा केही कमजोरी देखिन्छ । तर पनि अरुको कलाकारको तुलनामा साहारालाई डाएलग डेलिभरी र प्रस्तुत हुने शैली सिनेमा भित्रकै सबैभन्दा बलियो र आकर्षक लाग्छ । झट्ट हेर्दा सिनेमालाई पुर्ण रुपमा नराम्रो भने भन्न मिल्दैन् । एउटा राम्रो कथाबस्तुलाई सिनेमाले प्रस्तुत गर्न खोजेको छ । सिनेमाका लागि श्रद्धाको उपस्थिती दर्शकका लागि पक्कै आकर्षक छ ।

कथा बस्तुका हिसावले सिनेमा राम्रो भएपनि सिनेमाका लागि दर्शकको निकै कम उपस्थिती देखिन्छ । दर्पण छाँयाको हिसावमा यस सिनेमाले निकै कम मात्रामा दर्शक पाएको छ । पुराना कलाकारको अनुपस्थितीले सिनेमा हेर्न दर्शक हलसम्म नपुगेको सबैले अनुमान लगाए । पहिलेका कलाकारहरुको पनि उपस्थिती भएको भए सिनेमाले राम्रै दर्शक पाउन सक्ने अनुमान लगाउन सकिन्छ । सिनेमाको गीतसंगीतले राम्रै दर्शकको साथ पायो । युटुवमा ९ लाख भन्दा बढी पटक हेरीएको ‘आकाशैमा’ बोलको गीतले सिनेमाका लागि केही दर्शकलाई हलसम्म भने तान्न सक्यो । प्रदर्शनको मितिबाट केहि दिनमात्रै काठमान्डौका केहि मल्टिप्लेक्स सिनेमा हलमा मात्र प्रदर्शन भएको यो सिनेमा एकसाता नपुग्दै मल्टिप्लेक्सबाट हटिसकेको छ । केही सिनेमा हलमा प्रदर्शन भईरहे पनि सिनेमाले थोरै मात्रामा शो पाईरहेको छ । सिनेमालाई बलिउडकि सुपरस्टार आलिया भट्ट अभिनीत सिनेमा ‘बद्रिनाथकि दुल्हनिया’ले केही असर गरेको सजिलै बुझ्न सकिन्छ । रिलिजको पहिलो र दोश्रो दिन मौसम खरावी हुनु सिनेमाका लागि निकै घातक मानियो । पहिलो दिन सिनेमा हरेका दर्शकको प्रतिकृयाले सायद सिनेमालाई पुर्ण रुपमा असर गरिरहेको छ । मोफसलमा सिनेमाले केही राम्रो ब्यापार गरिरहेको बितरकहरुले बताईरहे पनि सिनेमाले बक्स अफिसमा भने खासै राम्रो ब्यापार गर्न सकेको छैन् ।