चैत, काठमाडौं ।

बिगत दुईदशक देखी नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लागिरहेका सर्जक हुन् ,बिरही कार्की । उनले गाएका दर्जनौं गीत नेपाली बजारमा चर्चित छन् । उनका चर्चित गीतहरुको नाम लिँदा 'सुन खानीमा सुन', 'गुरास फुल्ने ठाउँतिर', 'जुनकिरी', 'मायालु हजार', 'आमा', 'मायाको नाम जपियो' लगायतका गीत अगाडि आउँछन् ।

यस्तै बिरहीले भर्खर मात्र एक नयाँ गीत बजारमा ल्याएका छन् । विशेष गरी नेपाली लोकक्षेत्रलाई उजागर गर्ने हिसाबका गीत बजारमा ल्याउने बिरहीले यसपटक पनि लोकसंस्कृति झल्किने गीत बजारमा ल्याएका छन् । उनले ‘डाँडैमा बिजुली आयो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका हुन् । सार्वजनिक यो गीतमा बिरहीलाई गायिका कल्पना सुनुवारले साथ दिएकी छिन् । सुनखानी म्युजीकद्धारा बजारमा आएको यस गीतमा बिरहीले नै लय तथा शब्द भरेका छन् ।प्रकाश भट्टले निर्देशन गरेको यो गीतको भिडियोमा मोडल शंकर बिसी र पार्वती राईको अभिनय देख्न सकिन्छ । भिडियोमा सिटेनामोग्राफि करन चैसिरको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

बिरहीले आफु २० बर्ष देखी गीतसंगीतको क्षेत्रमा लागेको र पछिल्लो समय सबैको सहयोग र उत्साहले आधुनिक तथा फिल्मी गीतहरु पनि गाउन थालेको जानकारी दिएका छन् । साथै उनले अहिलेसम्म आफुले नगरेको नेपालीहरुको महानचाड तिज गीतमा जोडिन लागेको बताए । अब आउने तिजको लागी उनले बजारमा फरक गीत ल्याउने सोचमा रहेको बताए ।