चैत, काठमाडौं ।

भक्तपुरको पलासेस्थित सञ्चालनमा रहेको काठमाडौं फन भ्यालीले गीतसंगीतको प्रसारण गरेबापत रोयल्टी हस्तान्तरण गरेको छ । प्रस्तोता समाज नेपाललाई फन भ्यालीले शुक्रबार एक लाख रुपैयाँको रोयल्टी रकम हस्तान्तरण गरेको हो ।

ग्राहकहरूको रमाइलोका लागि नेपाली गीतसंगीत प्रसारण गरेबापत् सर्जकहरूको सिर्जनामाथिको अधिकारलाई सम्मान गरेर रोयल्टी रकम प्रदान गरेको भ्यालीका प्रबन्ध निर्देशक भूषण गुरागाईंले बताए । ‘यो आफैंमा ठूलो रकम होइन,’ उनले भने, ‘सार्वजनिक स्थानमा कसैको सिर्जनाको प्रयोग भएमा त्यसको रोयल्टी पनि तिर्नुपर्छ भन्ने चेतनाको लागि हामीले ढिलो भए पनि सानो प्रयास सुरु गरेका हौँ ।’ प्राप्त रोयल्टी संगीतकार, गीतकार, गायकगायिका, उत्पादकहरूलाई वितरण गरिने प्रस्तोता समाज नेपालका अध्यक्ष संगीतकार सुरेश अधिकारीले बताए ।

सञ्चारमाध्यमबाट सष्ट्राहरूले पहिलोपटक रोयल्टी पाएको समाचार सुनेपछि आफ्नो संस्थाले पनि रोयल्टी दिनुपर्छ भनेर प्रभावित भएको भ्यालीका अध्यक्ष गुरागाईंले बताए । उनले भने, ‘हामीले कसैको सिर्जना बजाएर कमाइरहेका छौँ भने त्यो कमाइको केही प्रतिशत सर्जकलाई जानुपर्छ।’ आगामी वर्षहरूमा पनि रोयल्टी वितरण गर्दै जाने उनले प्रतिबद्धता व्यक्तसमेत गरे । प्रस्तोता समाज नेपालले यसअघि धेरै स्रष्टाहरुलाई रोयल्टी रकम हस्तान्तरण गरीसकेको छ ।