चैत, काठमाडौं ।

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको सिन्धुपाल्चोकको गिरान्चौर बस्तीमा बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादव पुगेका छन् । उनी अवलोकनका लागी मात्र पुगेका भने होइनन् । उनले आफ्नो चलचित्र 'करोडपति'को छायांकन समेत गिरान्चौरमा गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले राजपालले धर्ती मातालाई नमन गर्दै एक सेलिब्रेटीको प्रयासले यस्तो सम्म मानविय कार्य गर्न सकिदों रहेछ । आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु भन्दै भगवानलाई धन्यवाद दिएको बताएका छन् । साथै सितारामले आँफुहरुले निर्माण गरेको बस्तीले साँच्चीकै सार्थकता पाउँदै गइरहेको भन्दै खुसी ब्यक्त गरेका छन् ।

राजपालले अभिनय गरेको करोडपति चलचित्रमा नेपालका दुई कलाकार पनि छन् । नेपालबाट नायक आर्यन अधिकारी र नायिका नीता ढुंगाना पनि राजपालसँग स्क्रिन सेयर गरीरहेका छन् । यादवले करिब २ साता नेपालमा यो चलचित्रको छायांकन गर्नेछन् ।