चैत, काठमाडौं ।

अहिलेका युवास्टार अनमोल केसीकी मम्मी अर्थात अभिनेत्री तथा निर्मात्री सुस्मिता केसी पनि निर्देशको रुपमा नेपाली चलचित्र क्षेत्रमा आउने भएकी छिन् । उनले आफूले निर्देशन गर्ने फिल्मको लागि बिहीबार राजधानीको एक स्टुडियोमा गीत रेकर्ड गराएकी छिन् । अहिलेका चर्चित संगीतकार राजनराज शिवाकोटीले उक्त फिल्मको गीतमा संगीत भरेका छन् ।

फिल्मको टाइटल भने उनले सार्वजनिक गर्न चाहिनन् । भदौबाट फिल्मको सुटिङ सुरु गरिने सुस्मिताले जनाएकी छिन् । फिल्ममा रहने कलाकारको नाम हाल गोप्य नै राखिएको प्रोजेक्टलाई सुस्मिताले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएकी छिन् । उनले निर्देशन गर्ने पक्का भइसकेको फिल्मलाई सौरभ लामाले खिच्नेछन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध रहनेछ भने कविराज गहतराजले नृत्य निर्देशन गर्ने तय भएको छ ।