गोपिकृष्ण चापागाई/ चैत, काठमाडौं ।

सोमबारको दिन दिउँसोको समय थियो, नक्साल चोकबाट नजिकैको एक घरमा बिहेको तामजाम मज्जैले चलेको थियो । जग्गेमा बेहुला–बेहुली अनि उनीहरुको छेउमा लोकन्ती र केहि पर पन्चेबाजा बजाउने हरु । जग्गेमा थिए गायक खुमन अधिकारी र गायिका शुशिला गौतम । त्यो माहोल देख्दा साँच्चै नै बिहे भएको भान हुन्थ्यो । तर बुझ्दै जाँदा त्यो साँच्चीकै बिहे भने रहेनछ ।

गायक खुमन अधिकारी र गायिका शुशिला गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि यो एउटा लोकगीतको सुटिङ थियो । रियल बिहेमा हुने सबैकुरा देखिने त्यो माहोल एउटा रिलको लागी तयार पारीएको थियो । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सयौं गीत गाइसकेका खुमनले यसपाली केहि फरक पन्चेबाजा गीत गाएका छन् जसमा गायिका शुशिलाले उनलाई साथ दिएकी छिन् । हुन त यस भन्दा अघि पनि खुमनले धेरै पन्चेबाजाका गीत गाइसकेका छन् तर यसपाली भने पन्चेबाजा गायनसँगै मोडलिङ पनि गरेका छन् ।

‘मैले यो भन्दा अघि धेरै पन्चेबाजाका गीत गाएँ तर यस्तो प्रकारको मोडलिङ गरेको थिएन यसपाली भने गरियो रमाइलो हुँदो रहेछ’, खुमनले सुटिङको माहोलमा भने । साथै उनले अझ सुटिङमा बिहे गर्दा झनै रमाइलो भएको बताए । तपाईको त रियलमा त पहिला बिहे भैसकेको छ अहिले रिलमा गर्दैहुनुहुन्थ्यो दोस्रो बिहे गरेजस्तो भएको छ कि भन्ने हाम्रो प्रश्नमा खुमनले हाँस्दै भन्छन्, ‘अब रियल लाइफमा दोस्रो बिहे त मैले सोच्नै सक्दिन तर रिलमा भने जतिपटक पनि हुनसक्छ नि । मेरो यो क्षेत्रमा आएपछि कथाले जे माग्छ त्यो दिनुपर्ने रहेछ ।’

गायिका शुशिलाले पनि आफैले गाएको पञ्चेबाजा गीतमा यसरी गायक खुमन अधिकारीसँग अभिनय गर्न पाउँदा खुसी लागेको बताइन् । साथै उनले अन्य पञ्चेबाजाहरु जस्तै गीत धेरै राम्रो बनेको भन्दै बिवाहहरुमा आफ्नो गीत घन्कनेमा विश्वस्त भएको बताइन् । 'माइतीघरको माया' बोलको उक्त पन्चेबाजा लोक दोहोरी गीतमा शब्द शिव हमालले लेखेका छन् भने लय तथा थेगो गायिका शुशिला आफैको छ । साथै भिडियोको निर्देशन गरीरहेका निर्देशक बिक्रम चौहानले पनि लोक दोहोरीमा यसरी गायक गायिकानै बेहुला बेहुली भएर मोडलिङ गरेको सम्भवतः पहिलो भएको बताउँछन् । साथै निर्देशक बिक्रमले धेरै दोहोरी गीतहरु गाएपनि मोडलिङमा खासै नदेखिने खुमन अधिकारीलाई अभिनयमा ल्याउँदा रमाइलो भएको र धेरे राम्रो अभिनय गर्नुभएको भन्दै तारिफ गरे । भिडियोमा मोडल महेन्द्र गौतम र रिना थापाले पनि अभिनय गरेका हुन् । उनीहरुलाई बेहुला बेहुलीको लोकन्तीको भूमिकामा देख्न सकिन्छ । भिडियो अर्को साता बजारमा आउने बताइएको छ ।

छायांकनस्थलमै गरीएको अन्तर्वाता हेरौं ।

तस्बिरः सरोज सिम्खडा/आर्टिस्ट खबर