चैत, काठमाडौं ।

नेपाली टेलिचलचित्र तथा चलचित्र क्षेत्रका पुराना कलाकार हुन् लक्ष्मण विक्रम बस्नेत । ४५०० भन्दा धेरै टेलिचलचित्र तथा लगभग ५० चलचित्रमा अभिनय गरिसकेका उनलाई सिनेजगतका पुर्वज हुन भन्दा फरक नपर्ला । कलाक्षेत्रमा लगभग ४ दशक बिताइसकेका उनी दाम कमाउनेमा भन्दा पनि नाम कमाउने धारणामा विश्वास राख्ने बताउँछन् । बालाजु नेपालटार काठमाडौंमा २००२ पुस २ आइतवार जन्मेका उनलाई सानै देखि पढ्न भन्दा पनि कलाकार बन्ने सोख रहेको बताउँछन् । त्यतिवेला स्कुलको अभावका कारण लैनचौर सम्म खाली खुट्टा हिँडेर पढ्न जाँदाको दुखद पललाई उनी सम्झन्छन् । आर्टिस्ट खबरको ‘आर्टिस्ट फष्ट’मा आज हामी उनको जिवनको पहिलो कुराको बारेमा चर्चा गर्दैछौं ।

पहिलो घरः

मेरो घर पहिले देखिनै बालाजु नेपालटारमा हो ।

पहिलो स्कुलः

त्यति वेला धेरै स्कुल हरु हुँदैनथ्यो । मैले सानै देखि दुखले पढेको थिँए । लैनचौर सम्म हामी खाली खुट्टा हिँडेर पढ्न

जान्थ्यौं । तर मलाई पढ्न भन्दा सानैदेखि कलाकार बन्ने सोख थियो । सोरखुटे मा एउटा पाटीमा बच्चाहरु जम्मा गरेर पढाउँथे, पछि हामीले नेपालटारमा एउटा स्कुल खोलेको थियौं । त्यतिवेला रघु थापा र ढकालध्व्जको योगदानमा गाँउमा चन्दा मागेर माटाको जग हालेर दुइटा टहरा बनाएका थियौं ।

पहिलो कमाईः

म दाम कमाउने भन्दा पनि नामको भोको छु । मेरो कोटेशननै छ – 'दामका पछि जन्ती लाग्छन नामका पछि मलामी'

बाचुन्जेल सबका हाईहाई मरे शलामीुु जसले जति दिन्छन हात थाप्छु। कलाकारिताको क्षेत्रमा पहिला खर्च गरेको छु कमाई छैन। तर पछि २०२७ सालबाट बहिदारमा सर्वोच्च अदालतमा काम गर्न थालेँ । त्यहाँ बाट मैले पहिलो तलवको रुपमा ८५ र संचयकोषको रुपमा ६ रुपैया पाएको थिएँ।

पहिलो पटक नाटकमा खेलेकोः

म २०३५ सालमा नाटकमा खेल्न गएको थिएँ । त्यस अघि हामी उत्तम केसी, प्रकाश थापाहरु सँग गाउँमा नाटक गर्रथ्यौं। २०३५ मा पहिलो पटक राष्ट्रिय नाचघरमा प्रकाश थापा, मनोहरी खड्काले नाटक गर्न लाग्नु भएको रहेछ । म पनि गएको थिएँ । पछि रिहर्सल गर्न रु. ५०० ल्याउन पर्छ भन्दा खेल्दिन भनेको थिए । तर पछि धापासीका शिव श्रेष्ठ र अम्बर केसी ले मलाई प्रवेश गराएका थिए ।

पहिलो भिडियोः

२०४२ सालमा एनटिभी आएपछि दुर्गा राज खरेलको विकल्प नामक डकुमेन्ट्री भिडियोमा अभिनय गरेको थिएँ । यो भिडियोमा मलाई सुवास गजुरेलले प्रवेश गराएका थिए ।

पहिलो टेलिफिल्मः

मैले पहिलोपटक टेलिफिल्म सहरयात्रामा अभिनय गरेको थिएँ । यो एन टिभी बाट रिलिज भएको थियो ।

पहिलो फिल्मः
परिभाषा

पहिलोपटक श्रीमतिलाई किनेर दिएको चिजः

मेरो विवाहको भोलिपल्ट सर्वोच्च अदालतबाट जागिरको लागि पत्र आएको थियो । त्यतिवेला तलव आएपछि पनि बुबा दाजुलाई बुझाउनु पर्थ्यो । बि.स. २०२७ को साउनमा पहिलो तलवको रुपमा आएको रु. ७९ मध्ये ७० दाई लाई दिएको थिएँ र ५ मोरको चाइना बाट आएको मखमलको चोलो किनेर उनलाई दिएको थिएँ ।

विवाहको पहिलो अनुभवः

नयाँनयाँमा अप्ठ्यारो हुँदोरेछ। उनी पराई घरकी नानी परिन ,म पनी पराई घरको पुरुष परेँ । पहिलो दिन त अप्ठ्यारै लाग्यो । बिवाह गरेको पहिलो दिन त बिहे भएको हो कि हैन जस्तो एक किसिमको अनुभव नै भएन । किनकी सानो पनि थिएँ त्यसैले होला तर अर्को दिन चाँही अनौठो लाग्यो । के भन्ने कसरि बोल्ने, रिसाउँछिन कि भन्ने भान हुन्थ्यो । विवाहको भोलिपल्ट उनलाई मैले अप्ठ्यारो मान्न पर्दैन ,अब हामी एक भएर बस्नुपर्छ, बाबुआमाको सेवा गर्नुपर्छ, मेरो आँखा बाट आँशु झर्दा तिमीले पुस्नुपर्छ, तिम्रो आँखा बाट आँसु झर्दा मैले पुस्नुपर्छ यस्तै भनेको थिएँ।

आर्टिस्ट फष्टमा आर्टिस्ट लक्ष्मण बिक्रम बस्नेतसँग गरीएको भिडियो कुराकानी हेर्नुहोस् ।

प्रस्तुती/तस्बिर: गोपिकृष्ण चापागाई ।