‘लिटिल स्टार २०१७’ का ७२ प्रतियोगी प्रशिक्षणमा

चैत, काठमाडौं ।

एनोवेसन इवेन्ट म्यानेजमेन्टको आयोजना र सोविज मिडिया ग्रुपको सहकार्य रहेको बालबालीकाको प्रतिभा निखार्ने सौदर्य प्रतियोगीता ‘लिटिल स्टार २०१७’का ७२ प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । दरबार मार्ग स्थित सि डब्लु रेष्टुरेन्टमा उनीहरुले गत शनिबारबाट नियमित प्रशिक्षण थालेका हुन् । संगीत, गायन, नृत्य, ब्याक्तित्व बिकाश, सामाजिक उत्तर दायत्व, बाल अधिकार, अनुसासन लगायत बिषयमा उनीहरुले प्रशिक्षण लिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका अध्यक्ष महेश केसीले बताए ।

तीन सातासम्म चल्ने प्रशिक्षणमा अभिनेता जीवन गिरी, यसराज गराचन लगायतका बिभिन्न नाम चलेका प्रशिक्षले प्रतियोगीको प्रतिभा निखार्ने छन् ।बालबालीकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उदेश्यले प्रतियोगतिा आयोजना गर्न लागिएको कार्यक्रम ब्याबस्थापक सोविज मिडिया ग्रुपका प्रवल गौतमले बताए ।

७ देखि १४ बर्षसम्मका बालबालीकाको सहभागीता रहेको प्रतियोगीतामा उमेर समुह अनुसार ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरी  तीन शिर्ष विजेता छानिने छन् । गिता पुरी, रस्मिना भट्टराई र रन्धिर शाह समेतको बिषेश भुमिका रहेको प्रतियोगीताको बिजेताले ट्रफी सहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र लगायत बिभिन्न अवसर जिन्त सक्नेछन् ।

बिभिन्न २० उप शिर्षकमा समेत बिजेता छानिने प्रतियोगीताको फाइनल नयाँ बर्षको बैशाख पहिलो साता राजधानीमा हुनेछ । प्रतियोगीताको कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् ।