<pre><b>चैत, दाङ ।</b></pre><p style="text-align: justify; ">दाङमा पुगेका अभिनेता राजेश हमालले राजनिति गर्नु भनेको विभाजनमा जानु भएको बताएका छन् । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कला क्षेत्र सवैलाई जोडर्ने क्षेत्र भएको तर राजनिति भनेको विभाजन हुने क्षेत्र भएको बताएका हुन् ।</p><p style="text-align: justify; ">‘म कलाकारीतामा लागेको २८ बर्ष भयो सधै कलाकारीतामा लाग्नपनि सकिन राजनिति गरुभने पनि अहिलेको विभाजीत राजनिति राम्रो लागेको छैन् म दुविधामा परेको छु', उनले भने । हमालको फिटनेश शरिरलाई केन्द्रित गर्दै तपाई अझैपनि बुढो नहुनुको कारण के हो भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफु अझैपनि २५ बर्षकै भएको भन्दै हँसाएका थिए । साथै चलचित्र निर्माण हुने समयले त्यस समयको कालखण्ड, भोगाई, सोचाई, परिस्थितिको चित्रण गर्ने हुँदा सामाजिक र राजतीतिक परिवर्तन संगै चलचित्रका विषय बस्तुपनि परिवर्तन हुुनु सामान्य कुरा भएको बताए । </p><p style="text-align: justify;">हमालले चलचित्र नयाँ प्रविधि सँगै परिस्कृत र परिमार्जित हुँदै जाने हुँदा त्यही अनुरुप फड्को मार्ने बताए । आँफुले चलचित्र सुरु गर्दा तत्कालिन राजनीतिक, सामाजिक परिस्थिति फरक रहेको जानकारी दिँदै उनले त्यो कालखण्डको प्रतिनिधित्व आफ्ना सुरुवाति चलचलित्रले गर्ने बताए । आँफुले जहिले पनि थिचो मिचोमा परेका, गरिव, दुःखी आक्रोसले भरिएका युवाको भावना व्यक्त गर्ने पात्रको प्रतिनिधित्व गर्दैै अभिनय गरेको उनको धारणा थियो । चलचित्र निर्देशकको सृजना र सन्तान भएकोले अब आँफुपनि निर्देशक वन्न चाहेको उनले इच्छा व्यक्त गरेका थिए ।</p>