किड्नीको उपचार गराईरहेका कलाकार प्रदिप सिंहको निधन

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">कलाकार प्रदिप सिंहको ५९ बर्षको उमेरमा निधन भएको छ । चलचित्र कलाकार संघका पूर्व कार्यसमिती सदस्य रहेका सिंहको भारतको कलकत्तास्थित ‘कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टर’मा उपचारका क्रममा शुक्रबार बेलुकी ५ बजे निधन भएको हो ।</p><p style="text-align: justify; ">उनको पार्थिव शरीरलाई आज कलकत्ताबाट नेपाल ल्याइनेछ । आज साढे ३ बजे उनको पार्थिव शरीरलाई त्रिभुवन विमानस्थलमा ल्याइदैछ । त्यसपश्चात उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागी प्रज्ञाभवन कमलादीमा राखिने जनाइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">उनले अभिनय गरेको पहिलो चलचित्र ‘चिनो’ हो । यसपछि, उनले ‘देउता, दुई थोपा आँशु’ लगायत सय बढी चलचित्रमा अभिनय गरेका थिए । उनले निर्देशक तुलसी घिमिरेसँग मिलेर चलचित्र समेत निर्माण गरेका थिए । उनी, किड्नीको बिरामी थिए । किड्नीकै उपचारका क्रममा उनको निधन भएको हो । वि.सं २०१५ साल असार १४ गते उनको काठमाण्डौको बौद्धमा जन्म भएको थियो । उनका एक छोरा, २ छोरी र श्रीमति छन् ।&nbsp;</p>