नृपेशको गजलसंग्रह ‘मुसाफिर’ सार्वजनिक

बैशाख,काठमाडौं।

चलचित्र प्रेमगीतमा उत्कृष्ट बनेको गजल‘म त अलपत्रै पर्छु' का लेखक तथा गजलकार नृपेश उप्रेतीको नयां गजल संग्रह ‘मुसाफिर’ विमोचन भएको छ। शनिवार  सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा नृपेशको गजल संग्रह सार्वजनिक गरिएको थियो।
नेपाली सञ्चारका क्षेत्रमा स्थापित भएपछि बेलायत भासिएका गजलकार नृपेश उप्रेतीले आफ्नो गजलकृती सार्वजनिक समारोहमा आफूले लेखेका गजल आफूजस्तै भएको बताएका छन्। कार्यक्रममा गजल विमोचन संगै उनले आफ्ना आमा र बाबुको नाममा वार्षिक पुरस्कार समेत घोषणा गरेका छन्।  उनले स्वं.पिता योगराज उप्रेती र आमा नन्दकुमारी उप्रेतीका नाममा १२ हजार ५ सयको गजल सम्मान घोषणा गरेका हुन् ।उनले अघिल्लो वर्ष नेपाल आउँदा ‘आहान अर्को खुशी’ नामक  एल्वम सार्वजनिक गरेका थिए । त्यो एल्वमबाट आएको रोयल्टी वापतको २५ हजार रकम पनि उनले चितवनका चेपाङ बालबालिकाका लागि हस्तान्तरण गरे । ‘मुसाफिर’ बिक्रीबाट आएको रकम पनि सामाजिक क्षेत्रमा नै खर्च गर्ने उनले बताएका छन्।
कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले उप्रेतीका गजलमा काव्यिकता भटेको भन्दै उनको गजल लेखनीको निक्कै प्रशंसा गरे । गजलकार रुपक बनबासीले नृपेशका गजल माथि समिक्षा गरेका थिए ।