<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस शिल्पा शेट्टी र उनको श्रीमान् राज कुन्द्राविरुद्ध मुद्दा दर्ता भएको छ। महाराष्ट्र पुलिसले उनीहरु विरुद्ध ठगीको आरोपमा मुद्धा दर्ता गरेको हो। तर यस विषयमा उनीहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।<br>भारतीय मिडियाका अनुसार महाराष्ट्र पुलिसमा बिहिबार बेलुका शिल्पा सेट्टी र उनका श्रीमान् राज कुन्द्राविरुद्ध एक व्यापारीले ठगीको मुद्दा दर्ता गराएका हुन् ।कपडा कारखानाका व्यापारी ६० वर्षीय रवी मोहनलाल भोलाटियाले शिल्पा–राजलगायत उनीहरुका कम्पनीका अन्य तीनजनाविरुद्ध २४ लाख भारु ठगी गरेको आरोप लगाएका हुन् ।</p><p style="text-align: justify; ">‘उनीहरुले सन् २०१५ मा १ करोड ५० लाख भारुको बेडसिट (तन्ना) मबाट किनेका थिए । मैले उनीहरुलाई सबै सामान दिए त्यसबापत् उनीहरुले मलाई १ करोड ४४ लाख भारु सन् २०१६ को जनवरीमा दिए,’ भोलाटियाले भने । ‘जब मैले उनीहरुलाई बक्यौदा रकम दिन आग्रह गरे उनीहरुले विभिन्न बहाना बनाएर सन् २०१६ कै जलाई महिनामा मसँग १८ लाखको थप बेडसिटको माग गरे । तर उनीहरुले मेरो सामानको पैसा कहिले तिरेनन् ।’ भोलाटियाले भनेका छन्। </p><p style="text-align: justify; ">तर यसबारेमा शिल्पा र अन्यको तर्फबाट कुनै प्रतिकृया आएको छैन्। एजेन्सी</p>