१ मिनेटको ‘स्ट्राइक’ अमेरिकाको फिल्म फेस्टिभलमा छनोट

बैशाख, काठमाडौं ।

जम्मा ६० सेकेण्डको चलचित्र ‘स्ट्राइक’ अमेरिकाको टेक्सासस्थित ‘औरोराज अनुअल एक्स्ट्रेम्ली सर्ट फिल्म फेस्टिभल’ मा फिसिएल सेलेक्सन भएको छ । कान्तिपुर फिल्म एकेडेमीको निर्माण र परिच्छेद सेनको लेखन, सम्पादन तथा निर्देशनमा तयार भएको यो छोटो चलचित्र विश्वभरबाट आएका १८५ चलचित्र मध्येबाट छनोट भएको हो । यो १ मिनेटको चलचित्रमा अनिल कँडेलको साथमा कमल बोहोरा र साजन कँडेलको अभिनय छ । यो छोटो चलचित्रलाई सुजे गौतमले खिचेका हुन् ।

यो चलचित्रले जनताको अधिकारका लागि गरिएको बन्द हड्तालले जनताको अधिकार हनन् भएको कुरा बोलेको छ । मे १९ मा यो चलचित्र टेक्सासमा प्रदर्शन हुनेछ । परिच्छेद मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेको लेखन निर शाहको निर्माणमा बन्न लागेको चलचित्र ‘एक्स–पार्क’बाट चलचित्र निर्देशनमा डेब्यू गर्दैछन् ।