‘प्रेमगीत २’को शिर्षगीत प्रतियोगिता,उत्कृष्टलाई दुईलाख पुरस्कार

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;चलचित्र ‘प्रेमगीत २’ले चलचित्रको शिर्ष गीतको प्रतियोगीता आयोजना गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण पक्षले गीतको ट्रयाक र प्रतियोगिताको बारेमा &nbsp;जानकारी दिएको छ। साथै प्रतियोगितामा उत्कृष्ट हुनेलाई २ लाख दिने घोषणा समेत गरिएको&nbsp;छ। निर्माण पक्षले केही समय अघि युटुबमा सार्वजनिक भएको ‘कहानी यो प्रेमगीतको’ बोलको गीतको कभर प्रतियोगीता आयोजना गरेको हो । विश्वको जुनसुकै ठाउँमा रहनेले &nbsp;‘कहानी यो प्रेम गीत को’ गीत गाएर प्रतियोगितामा भाग लिन पाउने निर्माता सन्तोष सेनले बताएका छन्। यसका लागि प्रतियोगिले आफ्ले गाएको गीतको म्युजिक भिडियो आगामी असार २० गतेसम्म यूट्युबमा अपलोड गरिसक्नु पर्नेछ्। भिडियोको भ्यूअर्सको आधारमा प्रतियोगी छानिने र आगामी भदौ १ गते उत्कृष्ट&nbsp;एक जना महिला र एक जना पुरुषलाई विजेता घोषणा गरिने निर्माताले बताएका छन्। विजेताहरुले १- १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।&nbsp;</p><p style="text-align: justify; ">साउन १३ गते रिलिज हुने यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । नेपाल, थाइल्याण्ड र बर्मामा यो चलचित्रको छायांकन गरिएको छ । &nbsp;</p>