बैशाख, काठमाडौं।

चलचित्र 'दर्पणछाँया २' बाट डेब्यु गरेकी नायिका श्रद्धा प्रसाई यतिवेला चलचित्र क्षेत्रमा आफ्नो स्थान जमाउने प्रयासमा छिन् । 'दर्पणछाँया २' मुख्य भुमिका नभएपनि दर्शकहरुबाट राम्रै प्रतिकृया पाएको उनी बताउँछिन् । 'दर्पणछायां २' पछि उनले चलचित्र 'प्रेमगीत२'मा पनि अभिनय गरेकी छिन् । 'प्रेमगीत२' मा श्रद्धाले आफ्नो भुमिका बिशेष रहेको बताएकी छिन् । चलचित्रमा उनलाई एक प्रेमिका बनेको देख्न सकिने बताएकी छिन् । यसैबिच यिनै नवनायिका श्रद्धा प्रसाईले आर्टिस्ट खबरसँग चलचित्र र आफ्नो ब्यक्तिगत कुराकानी सेयर गरेकी छिन् ।

तपाईको पहिलो चलचित्र 'दर्पणछायाँ २' बाट कस्तो प्रतिकृया पाउनुभयो ?

तपाईहरुलाई थाहानै छ यो चलचित्रले व्यवसायिक सफलता प्राप्त गर्न त सकेन तर हाम्रो अभिनय हेर्ने दर्शकहरुले भने मेहनत गरेको छ। राम्रो छ भन्ने प्रतिकृया दिनु भएको छ। उहाँहरुको कदर प्रशंसानै मेरो लागि ठुलो कुरा भएको छ।

तपाईको प्रेम भएपनि छैन भन्नु हुन्छ भन्ने सुनिन्छ खास कुरा केहो ?

वास्तवमा भन्दा म प्रेममा परेको नै छैन्।मेरो प्रेम भएको भए म छ भन्थें।प्रेममा नपरेको भएरनै छैन भनेको हुँ।

तपाईलाई कस्तो केटाले प्रेम प्रस्ताव गर्दा सुहाउँछ भन्ने लाग्छ त?

मलाई अहिले सम्म प्रस्ताव पनि आएको छैन्। कसैले प्रस्ताव गर्दा मलाई सुहाउने र नसुहाउने भन्ने कुरा भने त्यतिवेलाकै अवस्थामा भर पर्छ। अहिले त म प्रेममा पर्ने मन छैन तर भन्नुपर्दा चाहिँ मलाई शाहरुख खान जस्तो केटा मन पर्छ।

तपाईको लागि मरिहत्ते गर्ने साथीहरु पनि होलान नि?

मेरो केटी साथी केटा साथीहरु त धेरै छन्। तर सबै हाई हेल्लो भन्ने मात्र छन्। त्यस्तो मरिहत्ते गर्ने कोही छैन। झन अहिलेत चलचित्रमा लागेपछि यसको प्रेम छ होला भन्ने सोच्छन अनि कसैले प्रेम प्रस्तावनै राख्दैनन्। र म नआओस नै भन्छु। मलाई कसैको दिल तोड्नु छैन्।

'प्रेमगीत २' मा चाँहि तपाईको कस्तो भुमिका छ?

यो मेरो लागि एकदमै विशेष चलचित्र हो। दर्पणछायां रिलिज हुनु भन्दा पहिलेनै मैले यस चलचित्रमा साइन गरिसकेको थिएं। एकदमै चलेको चलचित्रको सिक्वेलमा काम गर्न पाउँदा म एकदमै खुसी छु। यसमा मेरो सानो भुमिका भएपनि बिशेष भुमिका छ । जसले गर्दा दर्शकले मन पराउनु हुनेछ ।