सुनिताको तिजको कोसेली ‘इच्छा पुर्याईदेउ’ले दर्शकको माया बटुल्दै

...

sunita dulal in teen songसाउन, काठमाडौं ।  नारीहरुको महानपर्व हरितालिका तिज आउन झण्डै दुई महिना बाँकी रहँदा बजारमा तिजका गित आउन थालेका छन् । हरेक बर्ष तिजमा चर्चामा रहने गायिका सुनिता दुलालले यसबर्ष पनि आफ्नो तिजको कोसेली बजारमा ल्याईसकेकी छिन् । मिलनसार र मिठो बोलीले दर्शक तथा स्रोताको मन जितेकी सुनिताले यसबर्षको लागि तिजको गित ‘इच्छा पुर्याईदेउ’ बजारमा ल्याएकी छिन् ।

 

sunita dulal

गायिका सुनिताले दुई दिन अघिमात्र आफ्नो तिज गित इच्छा पुर्याईदेउको प्रोमो युट्युवबाट सार्वजनिक गरीन् । दुईदिनको अन्तरमै पनि हजारौं दर्शकको माया कमाएकी छिन् । त्यसो त सुनिताका हरेक गित दर्शकले माया गरेकै हुन्छन् । यसपालीको तिज आउन लामो समय रहँदा सुनिताको तिज गित बजारमा आईसकेको हो ।
गितमा “सबै दिदीवहिनीको ईच्छा पु¥याईदेऊ, तिनलाई भन्दा राम्रो तर मलाई जुराईदेऊ । पुजा गरौला, ब्रत बसौला, बेलपत्र चढाएर चन्दन घसौला” जस्ता शब्द प्रयोग भएका छन् ।
उक्त तिजको गितमा सुरेश अधिकारीको शब्द, संगित रहेको छ भने अभिनयमा सुनिता र दिक्पाल कार्कीले गरेका छन् ।

 

 

तलको भिडियोमा गितको प्रोमो हेर्न सक्नुहुनेछ ।