नक्कली धमलाको हरिबहादुरलाई प्रश्नः पुस्तकमा ठग्न सिकाउनु भएको छ रे, हो ?

गोपिकृष्ण चापागाईं । बैशाख, काठमाडौं ।

शनिबार राजधानीको प्रज्ञाभवन परिसरमा साँझ ३ बजेपछिको केहि घण्टा सम्मको माहोल निकै रोचक थियो । नेपालकै चर्चित बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको एक बिशेष कार्यक्रम हेर्नका लागी मानिसहरु भरिभराउ थिए । हरिवंश आचार्य लिखित कृति ‘हरिबहादुर’ को बिमोचन समारोहमा उपस्थित मानिसहरु खुबै हाँसिरहेका थिए । पुस्तक बिमोचन हुनुअगावै हरिवंशको बिशेष प्रहशनले उपस्थित दर्शकले मज्जैले मनोरञ्जन लिएका थिए । महजोडीको पुरानो निकै चर्चित टेलिसिरियल ‘मदन बहादुर हरिबहादुर’ भित्रको हरिबहादुर क्यारेक्टर बनेर हरिवंशले आफ्नो पुस्तकको बिषयमा बोल्दै हँसाएका थिए ।

केहिबेर एक्लै प्रस्तुती दिइरहेका हरिबहादुरलाई प्रश्नोत्तर गर्नका लागी स्टेजमा पत्रकार बनेर सुमन कार्की भित्रिए ‘मलाई चिन्नु भो’ भन्दै पत्रकार ऋिषि धमलाको क्यारिकेचर गरेका सुमनको प्रश्न गर्ने शैलीबाट पनि दर्शक हाँसिरहेका थिए । ‘तपाईले एक आरोप लागेको छ, पुस्तकमा कसरी ठग्न सकिन्छ भनेर सिकाउनु भएको छ रे नि हो ?’ यस्तो प्रश्न गर्दा हरिवहादुरको उत्तर सुनेपछि दर्शकबाट निरन्तर लामो तालिबजिरहेको थियो । हरिबहादुरको उत्तर यस्तो थियो, ‘२०५० सालको सन्धिले नेपाललाई भारतले कति ठग्यो ? त्यो बेलामा नेपालले भारतलाई ठग्न सकेको भए कति फाइदा हुन्थ्यो । भारतले नेपाललाई ठग्दा कत्ति नराम्रो भयो नि । कोसि, गण्डकी, कर्णालीमा भारतले कसरी ठगेको छ ? नेपालले ठग्न सकेको भए नेपाललाई फाईदा हुन्थ्यो नि’ ।

हरिवंश ‘हरिबहादुर’ पुस्तकलाई अर्का बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले बिमाचन गरेका थिए । कार्यक्रममा बोल्दै मदनकृष्णले आफ्नो जीन्दगीको सबैथोक हरिवंश भएको बताएका थिए । साथै कार्यक्रममा मदनकृष्ण र हरिवंशले मज्जैले गला मिलाएका पनि थिए । कार्यक्रमका अन्त्यमा लेखक बुद्धिसागरले हरिवंशसँग पुस्तकसँग सम्बन्धित प्रश्नोत्तर पनि गरेका थिए ।