लोकार्नो फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र

...

<pre><b>&nbsp;बैशाख,काठमाडौं ।</b></pre><p>आगामी लोकार्नो फिल्म फेस्टिभलको ओपन डोर्स खण्डमा दुई नेपाली चलचित्र छानिएका छन् । छानिनेमा निरन्जनराज भेटवाल निर्दे्शित ‘इन्द्रेणी परी’ र विभुषण बस्नेत तथा पूजा गुरुङले निर्देशन गर्ने ‘द होल टाइमर्स’ छन् । अन्य फिल्महरुमा श्रीलंका, पाकिस्तान, बंगलादेश र म्यानमारबाट समेटिएका छन् ।आठमध्ये यी दुई नेपाली चलचित्रको स्क्रिप्टले अब निर्माणका लागि फन्ड प्राप्त गर्नेछन्।</p><p>१ सय ५ मिनेट लामो ‘इन्द्रेणी परी’ले सन्तान नभएका दुई वृद्ध दम्पतिको संवेगहरु चित्रण गर्छ । निर्देशक भेटवालले काठमाडौं नजिकको जिल्ला नुवाकोटको गाउँको सेटिङ उतारेका छन् । १ सय २० मिनेट लामो चलचित्र ‘द होल टाइमर्स’लाई विभुषण र पूजाले निर्देशन गरेका हुन् । हराएका बाबु खोज्न १३ वर्षको बालक तत्कालिन विद्रोही माओवादी सैनिकमा भर्ना भएको कथा यसले पेश गर्छ । दाध्याको सफलतापछि विभुषण र पूजाले फिचर फिल्ममा टीमअप गरेका हुन् ।</p><div><br></div>