राजाराजेन्द्रले गराए मुन्द्रेलाई म्युजीक भिडियोमा डेब्यु

बैशाख, काठमाडौं ।

टेलिभिजनको पर्दामा मुन्द्रे उपनामबाट चिनिएका हाँस्य कलाकार जितु नेपालले म्युजीक भिडियोमा डेब्यु गरेका छन् । अर्का हाँस्य कलाकार राजाराजेन्द्र पोख्रेलको स्वरमा रहेको ‘पिरतीको चश्मा’ बोलको गीतको भिडियोमा मुन्द्रेले अभिनय गरेका छन् । ‘जिरे खुर्सानी’ टेलिसिरियलमा ‘मुन्द्रे’ बनेर दर्शकमा चिनिएका जितु पछिल्लो समय चलचित्र निर्माण तथा अभिनयमा व्यस्त छन् । जितुले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो ।

जितुले राजाराजेन्द्र आफूलाई मन पर्ने हास्यकलाकार तथा प्यारो भाइ भएका कारण उनको गीतमा अभिनय गर्न तयार भएको बताएका छन् । ‘गीत एकदम राम्रो बनेको रहेछ, भाइले भिडियोमा खेल्नका लागि अनुरोध गरेपछि नाई भन्न सकिन’, जितुले भने । भिडियोमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा जितु नेपालका साथै नायक प्रथम खड्का, स्मारिका ढकाललगायतको अभिनय छ । गीतमा राजुबाबु श्रेष्ठको शब्दमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । साथै राजन ईशानले संगीत संयोजन गरेका छन् भने यस नृत्य प्रधान भिडियोका निर्देशक माईकल चन्द हुन् ।

राजाराजेन्द्र पछिल्लो समयका निकै व्यस्त हास्य कलाकारको रूपमा चिनिन्छन् । हास्यव्यंग्य क्षेत्रमा कम उमेरमै ठूलो फड्को मारिसकेका राजाराजेन्द्रले बेला–बेलामा गीत पनि गाउने गर्छन् । योभन्दा पनि अघि उनले केही गीत गाइसकेका छन् । प्रायः स्टेज कार्यक्रम गर्ने आयोजकको रोजाइमा पर्ने राजाराजेन्द्रले स्टेजमा प्रस्तुति दिँदा गीत पनि गाउने गर्छन् । उनको गीत गाउने कलाबाट दर्शकले फरक स्वाद पाउँछन् । राजाराजेन्द्रले चर्चित हास्य टेलिसिरियल मेरी बास्सैमा पनि अभिनय गर्दै आएका छन् ।

Video: