युवालाई मिस्टर वल्र्डमा सहभागी हुने अवसर
बैशाख, काठमाडौं ।
मिस्टर वल्र्डमा भागलिन चाहने युवाहरुको लागि एक्सपोज नेपाल डटकमले अर्काे एक अब्सर दिएको छ । ‘मिस्टर नेपाल २०१७’को आवेदन केही दिनका लागि खुल्ला गर्दै सो अवसर दिन लागेको हो ।
‘मिष्टर नेपाल २०१७’मा भाग लिने चहाना हुँदा हँुदै पनि बिभिन्न कारणले सहभागी हुन नपाएका गुनासाहरु धेरै आएकोले त्यस्ता ब्यक्तिहरुलाई  अवसर प्रदान गर्न केही दिनका लागि आवेदन खुल्ला गरिएको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिएकी छन् ।
मिष्टर वल्र्डका लागि नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने उदेश्यले मिस्टर नेपाल आयोजना हुँदै आएको पुरुषहरुको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो । व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप युवाको  मार्ग निर्देशन गर्दै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडि ल्याउन प्रतियोगिता सहयक सिद्ध हुने आयोजकको भनाई रहेको  छ । प्रतियोगीताका लागि यस अगाडि आयोजित अडिसनबाट छानिएका प्रतियोगीको अहिले प्रशिक्षण भइरहेको छ ।
१६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । निर्णायक प्रतिस्पर्धाका लागि छनौट भएका प्रतिस्पर्धीहरुलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण दिइने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।