दिपक क्षेत्रीलाई बेलायतबाट साँढे दुई लाख सहयोग

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बिगत लामोसमय देखी भोकल कडको क्यान्सरबाट पीडित कलाकार दीपक क्षेत्रीलाई हालै बेलायतबाट सहयोग रकम मिलेको छ । बेलायत मा रहँदै आएका नायक ध्रुव दत्तको पहलमा बेलायतबासी नेपालीहरुले दुई लाख पचास हजार संकलन गरी क्षेत्रीको उपचारका लागि सहयोग रकम पठाएका छन्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;बिहिवार क्षेत्रीकै निबासस्थान काठमाण्डौको डिल्लीबजारमा सन्चारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले संकलित रकम हस्तान्तरण गरेका छन्।सहयोग रकम लिँदै कलाकार क्षेत्रीले बेलायतमा सहयोग संकलन गरिदिएकोमा नायक दत्तलाई आभार व्यक्त गरेका छन्।त्यस्तै नायक दत्तले पनि बरिष्ठ कलाकारलाई सहयोग गर्न पाउनुलाई बेलायतबासीहरूले धन्य ठानेको कुरा बताएका छन् ।</p>