हिन्दुस्तानलाई ठग्नका लागी आमिरले पाए कट्रिनाको साथ

बैशाख, काठमाडौं।

बलिउड एक्ट्रेस कट्रिना कैफ एक पटक फेरि आमिर खान र अमिताभ संग काम गर्ने भएकी छिन्।यशराज फिल्म्स को मेगा प्रोजेक्ट फिल्म ठग्स अफ हिंदुस्तानमा उनी पनि जोडिएकी छिन्।

आमिरले ट्विटर मार्फत कट्रिनाले फिल्म ज्वाइन गरेको बताउँदै लेखेका छन -'अन्तत हाम्रो साथमा  अन्तिम ठग आइसकेको छ, कटरिना.., केटलाई स्वागत छ'।

'ठग्स अफ हिंदुस्तान' मा आमिर, कटरीना र विजय कृष्ण आचार्य फेरि एक साथ काम गर्नेछन्। फिल्मलाई आचार्यले नै निर्देशक गर्न लागेका हुन्। यि तिनैले यस अघि धुम ३ मा एक साथ काम गरिसकेका छन्। यसका साथै फिल्ममा अमिताभ पनि रहनेछन्र आमिरले यसै फिल्मबाट पहिलोपटक अमिताभ संग काम गर्ने भएका छन्। फिल्मको शुटिंग आगामि महिनाबाट शुरु हुने बताइएको छ।

यतिवेला भने कट्रिना अबु धाबी मा आफ्नो आगामी फिलम टाइगर जिंदा हे को शुटिंगमा व्यस्त छिन्। निर्देशक अली अब्बास जफर को यो फिल्ममा कट्रिना र सलमान खान मुख्य भूमिका मा रहेका छन्। एजेन्सी