दिपक क्षेत्रीलाई चलचित्र पत्रकार संघ द्वारा ७ लाख सहयोग

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>लामो समयदेखि घाँटीको समस्याका कारण स्वर गुमाउने अवस्थामा आइसकेका कलाकार दिपक क्षेत्रीको यतिवेला उपचार भइरहेको छ। उनको उपचारका लागि चलचित्र पत्रकार संघ नेपालको थालनीमा सुरुभएको आर्थिक सहयोग संकलन अभियान बाट उनको उपचार हुँदै आइरहेको छ।<br>&nbsp;यसैविच चलचित्र पत्रकार संघले देश विदेश बाट विभिन्न संघ संस्था तथा कलाकार तथा व्यक्ति हरु बाट सहयोग संकलन गरी उपचार रकम प्रदान गरेको छ। संघले आज पत्रकारीता दिवसको अवसरमा आयोजित कार्यक्रममा&nbsp; संघमा संकलित ७ लाख ३ हजार ३ सय ५७ रुपैंया कलाकार क्षेत्रीलाई हस्तान्तरण गरेको छ। सहयोगका लागि हङकङ क्षेत्री समाज बाट रु १ लाख तथा कलाकार नारायण त्रिपाठीको अगुवाईमा अमेरिकाबाट रु १ लाख ११ हजार ६ सय ५० संकलन भएको छ। यसका साथै कलाकारहरु निर्मल शर्माले १० हजार, ऋचा शर्मा अर्पण थापाले ५ हजार, गायक रामकृष्ण ढकालले १० हजार, शिव परियारले १५ हजार ,संचारकर्मी प्रदिप तिमल्सिना ले अष्ट्रेलियाबाट १५हजार लगायत&nbsp;अन्य कलाकार तथा व्यक्तिहरुले संघमा व्यक्तिगत रुपमा क्षेत्रीको उपचारका लागि सहयोग प्रदान गरेका छन्। यस अघि पनि क्षेत्रीको उपचारका लागि करिब ४० लाख सहयोग जुटिसकेको छ र संकलित अधिकांश रकम क्षेत्रीलाई हस्तान्तरण गरिसकिएको छ।&nbsp;</p><p>&nbsp;सहयोग रकम जुट्न थालेलगत्तै क्षेत्रीको उपचार थालिएको थियो। उनको घाँटीको शल्यकृया पश्चात उनलाई भोकल कर्ड क्यान्सर भएको पुष्टि भएको थियो। यतिवेला कलाकार क्षेत्रीको ललितपुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ। र उनको स्वास्थ्य स्थितीमा पनि सुधार आइरहेको बताइएको&nbsp;छ।&nbsp;</p>