जालसाजीको आरोपमा सुनिल ग्रोवर माथि मुद्धा

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;कपिल शर्मा संगको झगडा पश्चात द कपिल शर्मा शो बाट अलग्गिएका कमेडियन सुनील ग्रोवर यतिवेला भने स्वयं विवादमा फसेका छन्। एक प्राइभेट इभेन्ट अर्गनाइजरले उनीमाथि जालसाजीको आरोप लगाउँदै &nbsp;मुद्दा दर्ता गराएका छन्। भारतीय मिडियाका अनुसार अहमदाबाद का एक इभेन्ट अर्गनाइजर राजपाल शाहले सुनील र अर्का इभेन्ट अर्गनाइजर देवांग शाहको विरुद्ध धोका र आपराधिक षणयन्त्रको मुद्धा दर्ता गराएका हुन्। &nbsp;</p><p>कपिलको शो छोडेपछि सुनिल विभिन्न शहरमा लाईभ इभेन्टहरु गर्दै आइरहेका छन्। राजपालका अनुसार सुनिलका म्यानेजर र देवांगले उनीसंग २७ मे मा अहमदाबादमा एउटा लाइभ शो &nbsp;गर्ने वचन दिएका थिए। तर यतिवेला भने अन्य ठाउंबाट धेरै पैसा आएकाले &nbsp;उनीहरु यसबाट पन्छिन खोज्दैछन्। राजपालको मुद्धामा अदालतले स्थानीय प्रहरी चौकीलाई यो मामिलाको अनुसन्धान गर्न आदेश दिएको छ ।</p><p>यस बारेमा सुनिल ग्रोवरले कुनै प्रतिकृया दिएका छैनन्। तर देवांगले भने सुनिल संग समय नभएका कारण राजपाल संग लिएको एडभान्स १० लाख फिर्ता गरिसकेको र यसमा कुनै जालसाजी नभएको बताएका छन्। एजेन्सी</p>