<pre><b>जेठ, काठमाडौं। </b></pre><p>आफ्नो जमानाको सुपरस्टारको रुपमा चिनिएका बलिउड एक्टर धर्मेन्द्र देओलको नाति करन देओल पनि अब बलिउडमा देखिँदैछन्। यसका साथै देओल परिवारको तेस्रो पुस्ता पर्दामा आउने भएको छ। सनी देओलले फिल्म 'पल पल दिल के पास'बाट आफ्नो छोरालाई लन्च गर्ने भएका छन्। यो नयां प्रोजेक्टका लागि सनी देओल र जी स्टुडियो विच सहकार्य गरेका छन्।बताइएअनुसार यो फिल्मको शूटिंग आगामी हप्ताबाट मनालीमा सुरु हुने छ। यो फिल्मलाई सनीले नै निर्देशन गर्न लागेका हुन्। फिल्ममा धर्मेन्द्र पनि मुख्य भुमिकामा रहनेछन्। एजेन्सी</p>







९ जेष्ठ २०७४, मंगलवार ०४:५१ 








