अमेरिकामा दोस्रो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने

जेठ, काठमाडौं।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकामा दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ। बिहीबार राजधानी स्थित नेपाल चलचित्र संघको कार्यलयमा पत्रकार सम्मेलन गरी आयोजक युनिटले अवार्डका उद्धेश्य र योजनाहरू सार्वजनिक गरेको हो।
कार्यक्रममा अवार्डका संयोजक शैलेश पोखरेलले अवार्डका योजना र उद्धेश्यका साथै गत वर्षको अवार्ड समारोहका बारेमा बताएका थिए। त्यस्तै अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौती पूर्ण भए पनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताएका छन्। साथै उनले अर्को पल्टको अवार्ड  अस्ट्रेलियामा गर्ने कुरा भइरहेको जानकारी दिएका छन् ।

त्यस्तै अवार्ड ब्यबस्थापक अध्यक्ष मदु श्रेष्ठले गत सालको अवार्ड समारोह अत्यन्त सभ्य र भव्य रहेको जानकारी दिँदै यस पटक हुने अवार्डको दोस्रो संस्करणलाई अझ मर्यादित र प्रभावकारी बनाउने तयारी रहेको बताए ।अवार्डको प्रायोजक संस्था शेर्पा ब्रुवरिका अध्यक्ष लाक्पा शेर्पाले पनि गत सालको सफल अवार्ड सम्पन्नताले यो बर्षपनि आफूहरूले खुसीका साथ प्रायोजकका रूपमा सहकार्य गरेको धारणा राखेका छन्।

कार्यक्रममा कलाकार सुनिल थापा ,बसुन्धरा भुसाल, नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्ल,कलाकार,निर्देशक तथा चलचित्र निर्माता सङ्घ अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र सङ्घ अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र पत्रकार सङ्घ अध्यक्ष सन्दिप सापकोटा, चलचित्र कलाकार सङ्घ अध्यक्ष राम केशर बोगटी, चलचित्र विकास बोर्ड सदस्य तथा पत्रकार अशोक प्यासी ,शेर्पा ब्रुवरिका मेनेजिङ डाइरेक्टर फुर्बा शेर्पा, उध्योग मन्त्रीका प्रेस सल्लाकार प्रदिप चापागाइ, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकार पुरन जोशी, नेपाल फिल्म सोसाइटिका कोषाध्यक्ष नारायण प्रधान, जादुगर महादेब तिपाठी लगायत नयाँ तथा पुराना कलाकार, चलचित्रसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरू साथै सञ्चार माध्यमको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन निर्देशक तथा साहित्यकार राजेन्द्र सलभले गरेका थिए ।