आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

हाँस्य कलाकार सुलेमान शंकर (इकु)को स्नेहा आश्रमलाई २५ हजार नगद सहयोग मिलेको छ । नवगायक तुल साम्सुहाङ राईले उक्त रकम हस्तान्तरण गरेका हुन् । बिगत केहिसमय देखि काठमाडौंको मुलपानीमा १२ जना अनाथ बालबालिकाहरुलाई आफ्नो संस्था स्नेहा आश्रममार्फत पालनपोषण गर्दै आएका छन् । यसैबिच नवनागयक तुल साम्सुहाङले सामाजिक कार्यमा सक्रिए रहन इच्छुक भएको भन्दै उक्त रकम हस्तान्तरण गरेका हुन् । नगद २५ हजार मध्ये तुल साम्सुहाङले १५ हजार र गायक तिर्थको तर्फबाट १० हजार रहेको जानकारी गराइएयो । तुल साम्सुहाङले आफ्नो पहिलो एल्बम सुरुवातको बिमोचन कार्यक्रममा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सुलेमानले आफुले पालनपोषण गरेका १२ बालबालिकालाई आफ्नै सन्तान मान्दै आएका छन् । उनले हरेक कार्यक्रममा आफ्ना सन्तान भन्दै सम्झने गर्दछन् ।

यसका साथै एल्बमको विक्रिबाट आएको रोयल्टीको ४० प्रतिशत रकम पनि उत्तः आश्रमलाई प्रदान गर्ने गायक तुल साम्सुहाङल घोषणा गरेका छन् । एल्बम बिमोचन कार्यक्रममा वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बा लगायतको उपस्थिती थियो ।