‘बाहुबली २’ भन्दा कम छैन ‘दंगल’,अझै जारी छ टक्कर

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>बलिउडमा 'बाहुबली २' को रिलिज पश्चात सबलाई लागेको थियो कि बलिउडमा यो फिल्मलाई टक्कर दिने कुनै फिल्म छैन् र यसको कमाइको रेकर्ड तोड्न कुनै फिल्मले सक्दैन तर आमिर खानले यो कुरालाई झुट सावित गरेका छन्। आमिर खानको 'दंगाल'ले बाहुबलीलाई पछि पार्न नसकेपनि बाहुबलीको बराबरीमा पुग्न सफल भएको छ।&nbsp;</p><p>बक्स अफिसमा 'बाहुबली२' र 'दगंल' दुवै फिल्म १६०० करोडको क्लवमा सामिल भएका छन्। चीनमा भइरहेको दंगलको सानदार कमाइले आमिरलाई फेरि बाहुबलीको दर्जामा ल्याएको छ। दंगलले चीनमा २० दिनमा ८२५ करोड कमाएको छ। अर्कातर्फ बाहुबली २ रिलिज भएको एक महिना भइसकेको छ। एक महिनामा फिल्मले बक्स अफिसमा १६१३ करोडको कमाइ गरेको छ।&nbsp;</p><p>'दंगल' ले भारतमा त करोडौंको व्यापार गर्यो नै तर चीनमा भएको कमाई बाट भने फिल्म इन्डष्ट्री अचम्ममा परेको छ। बताइएअनुसार &nbsp;चीनमा फिल्मले जबरजस्त कमाइ गर्नुको पछाडि फिल्मको कथा रहेको छ। एजेन्सी</p>