‘मोहनी लाग्ला है’ की गीतकार कुसुम गजमेरको निधन

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली सांगीतिक क्षेत्रमा मोहनी लाग्ला है,झझल्को लिएर आएछ सावन, माया के होला, चिया बारीमा लगायतका दर्जनौं सदाबहार गीतहरु दिएर दर्शक श्रोतामाझ चिनिएकी गीतकार कुसुम गजमेरको निधन भएको छ । केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत कुसुमको आज ७२ वर्षको उमेरमा निधन भएको हो। कुसुमले बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसु लगायत कैयौं नेपाली चलचित्रका गीतहरु लेखेकी छिन्। चर्चित संगीतकार रञ्जित गजमेरकी पत्नि कुसुमले लेखेका प्राय सबै गीतहरुमा रन्जितको संगीत रहेको छ। लामो समयदेखि मुम्बईमा बस्दै आएकी कुसुम चर्चित निर्देशक तुलसी घिमिरेकी सासु हुन्। &nbsp;उनको लिभरमा समस्याका कारण मुम्बईमा उपचार गराउने क्रममा मृत्यु भएको थियो।&nbsp;</p><div><br></div>