आजबाट ‘रातोघर’ र ‘जालो’ रिलिज, कुन चलचित्र कस्तो ?

आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

नेपाली चलचित्रको क्षेत्रमा एकपछि अर्को गर्दै गुणस्तरिय चलचित्रहरु बनिरहेका छन् । दर्शकहरुलाई मध्येनजर गर्दै निर्माता तथा निर्देशकहरुले बिभिन्न नयाँ प्रविधिको प्रयोग गर्दै फरकपनि दिने कोसिस गरिरहेको पाइन्छ । नेपालमा प्राय हरेक साता नयाँ चलचित्र रिलिज भएकै हुन्छ । कतिपय साता त चार चलचित्र पनि एकैसाथ रिलिजमा आएका हुन्छन् । त्यसमा कुन चलचित्र दर्शकको रोजाईमा पर्छन् त्यो कि त चलचित्रको प्रचारप्रसारको आधारमा हुन्छ कि त ब्राण्ड तथा कलाकारहरुको आधारमा हुन्छ ।

यस्तै यो सातापनि आज (शुक्रबार) बाट पनि दुई चलचित्र नेपाली हलहरुमा रिलिज भएका छन् । सुरज सुब्बा नाल्बो निर्देशित ‘रातो घर’ र अराज केशव निर्देशीत  ‘जालो’ आजबाट देशैभरीका हलहरुमा एकैसाथ रिलिजमा आएका छन् ।

‘रातो घर’

चलचित्र  ‘रातो घर’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिने छ । नेपालको पूर्वी क्षेत्र झापामा हुने अपराधिक क्रियाकलापमाथि आधारित भएर निर्माण भएको ’रातो घर’ मा विल्सन बिक्रम राई, गौरव पहारी, सम्यम पुरी, मेनुका प्रधानको मुख्य भुमिका रहेको छ । चलचित्रमा विल्सन बिक्रमको कमेडी सम्बादहरु चलचित्रको बिशेष पाटो पनि हो । कतिपय रुवाउने दृश्यमा पनि उनका कमेडी संवादले दर्शकलाई अझ मनोरञ्जन दिन्छ । बुधबार राजधानीमा गरिएको प्रिमियरमा पनि थुप्रै चलचित्रकर्मिहरुले मनोरञ्जनको प्याकेजनै यो चलचित्रमा रहेको भन्ने प्रतिक्रिया दिएका थिए । हाँस्ने चलचित्र हेर्न रुचाउने दर्शकका लागी यो चलचित्र उपयुक्त हुनसक्छ । - ट्रेलर

‘जालो’

चलचित्र ‘जालो’ वान सट मुभि हो । नेपालको लागी यो निकै फरक चलचित्र पनि हो । एकैसटमा खिचेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेको ‘जालो’ मा कस्तो बनेको होला भनेर पनि धेरैले हेर्न आतुर भएको पाइन्छ  । चलचित्रमा निर शाह, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान, मुना गौचन लगायतका कलाकारको अभिनय छ । अराज केसव फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा पनि अराजकै छ । मोहित मुनाल र अराजले मिलेर यो चलचित्र बनाएका हुन् । फरक शैलीको चलचित्र हेर्न रुचाउने र प्रविधिको ज्ञानभएकाहरुले अझ यो चलचित्र छुटाउन चाहाँदैनन् । - ट्रेलर