युहाङ्ग र पलिस्थालाई ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ को ताज

...

<pre>जेठ, काठमाडौं।&nbsp;</pre><p>बालबालिकाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको प्रतियोगिता लिटिल प्रिन्स एण्ड प्रिन्सेसको सातौंं संस्करण सम्पन्न भएको छ। यसपटक को 'लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०१७'को उपाधि युहाङ्ग लिम्बु र पलिस्था ताम्राकारले जितेका छन्।&nbsp;</p><p>रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न प्रतियोगितामा संकल्प घिमिरे र साइब्या घिमिरेले फस्ट रनरअपको उपाधि हात पारेका छन्।त्यस्तै प्रतियोगितामा सुहर्ष आचार्य र दिनाश्री शाह सेकेन्ड रनरअप बन्न सफल भएका छन्।&nbsp;</p><p>प्रतियोगितामा विजयीहरुलाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले उपाधिका साथै विभिन्न उपहारहरु प्रदान गरेका थिए ।</p>