‘सुपर ३०’ मा आनन्द कुमार बन्दै ऋतिक रोशन

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय बलिउडमा वायोपिकमा आधारित फिल्महरु निकैनै निर्माण हुन थालेका छन्। विभिन्न सुपरस्टारहरुले अहिले विभिन्न महान व्यक्तिहरुको वास्तविक कथालाई पर्दामा&nbsp;उतारिरहेका छन्। यसै विच अब ऋतिक रोशनले पनि एक महान व्यक्तिको वायोपिकमा लिड रोल गर्ने भएका छन्। ऋतिक रोशन अब &nbsp;विकास बहल को &nbsp;फिल्म 'सुपर ३०' मा देखिने भएका छन् जुन बिहार का चर्चित व्यक्ति आनंद कुमार संग सम्बन्धित रहेको छ। <br>आनंद कुमार बिहार को राजधानी पटना मा 'सुपर ३०' नामक कोचिंग संस्था चलाउँछन। जहाँ आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई परिक्षाको लागि निशुल्क पढाइन्छ्। आनंद कुमार &nbsp;आफ्नो &nbsp;इंस्टिट्यूट मा हरेक वर्ष ३० जना विद्यार्थीलाई छान्ने गर्छन र उनीहरुलाई परिक्षाका लागि पुर्ण रुपमा तयार पार्ने गर्छन्। उनका सबै विद्यार्थीहरु राम्रो नम्बर ल्याएर पास हुने गर्छन्। &nbsp;उनै आनन्द कुमारको रोल ऋतिक ले गर्ने भएका छन्। यस अघिका फिल्महरुमा सुपर हिरो को रुपमा चिनिएका ऋतिक यस फिल्ममा भने आम मानिसको भुमिका निभाउनेछन्।&nbsp;एजेन्सी</p>