‘कान्छी’ बाट कमब्याक गर्दै स्वेता,दया संग स्किृन शेयर गर्ने

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p></p><p style="text-align: justify;">‘कोहिनुर’ नायिका स्वेता खड्कालाई दर्शकले 'कोहिनुर' पछि अन्य चलचित्रमा देख्न पाएका छैनन्। पति श्रीकृष्ण श्रेष्ठको मृत्यु पछि अन्य चलचित्र नखेलेकी स्वेताले अब भने अभिनय मा फर्किने सोच बनाएकी छिन्। पछिल्लो समय समाजसेवामा लागिपरेकी स्वेताले आफ्नै फाउन्डेशन 'स्वेता श्री फाउन्डेशन' खोलेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी छिन्। यसैविच हालै उनले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको सुरुवात पनि गरेकी छिन्। &nbsp;</p><p style="text-align: justify;">&nbsp;अबभने आफ्नै ब्यानरमा बन्ने चलचित्र 'कान्छी' बाट उनले कम ब्याक गर्ने भएकी छिन्। चलचित्रमा उनले दयाहाङ राइको साथमा स्किृन शेयर गर्ने भएकी छिन्। चलचित्रको छायांकन साउन बाट सुरु हुने बताइएको छ। यसअघि चलचित्रको छायांकन जेठको अन्तिम साताबाट सुरु हुने बताइएको भएपनि आफ्नो परियोजना माझी बस्तीलाई धेरै फोकस गर्नु परेकाले छायांकन समय पछि सारेको बताएकी छिन्। चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्ने भएका छन्।</p><p></p>