भारतीय चर्चित गायक कुमार सानुले काठमाडौंमा कन्सर्ट गर्ने

जेठ, काठमाडौं ।

भारतका चर्चित गायक कुमार सानुले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्  । आउदो जुलाई १५ अर्थात ३१ असारमा राजधानीको याक एण्ड एति होटलमा हुने लाईभ कन्सर्टमा उनले आफ्नो थुप्रै चर्चित गीतहरु सुनाउने छन् । कुमारको उक्त कन्सर्टमा नेपालका सेलिब्रेटीहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् । नेपालबाट गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना र स्मिता घिमिरेले पनि आफ्ना सुमधुर गीतहरु सुनाउने छन् भने हाँस्य कलाकार जितु नेपाल र नायिका निशा अधिकारीपनि रहने आईतबार सांग्रिला होटलमा पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मुन्टेज इन्टरनेशनलको आयोजनामा हुने कन्सर्टमा सानुले भारतबाट आफ्नो ब्याण्ड लिएर आउनेछन् ।    गायक सानुले २७ बर्षको गायन करियरमा १७ हजारभन्दा बढि गीत गाइसकेका छन् । भारतका चर्चित पाश्र्वगायक सानुले सन् १९९३ मा बर्षभरीका सबैभन्दा धेरै गीत रेकर्डिङ गराउने गायकका रुपमा गिनिजबुक अफ वल्र्ड रेकर्डस्मा समेत नाम लेखाएका थिए । गायक सानुले नेपाली गीतहरुमा ‘म त अब रिसाउँछु, फुल भए जीन्दगी, साँची राखुँ जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुइ थोपा आँसु, जतिसम्म जीवन, भरे आउँछु सपनीमा जस्ता झण्डै ५ सयको हाराहारीमा नेपाली गीत गाएका छन् । कन्सर्ट श्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजना गरिन लागिएको हो ।