जिग्री पाँडेको कामलाई नारीहरुको सहयोग, अझै पाँचलाखको अभाव

गोपिकृष्ण चापागाई/ जेठ, काठमाडौं ।

सप्तहरीको गम्हरीयामा दृष्टिबिहिनहरुका लागी तिनघर निर्माण गरिरहेका कलाकारद्धय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) लाई नारीहरुले पनि आर्थिक सहयोग गरेका छन् । बिहिबार पत्रकार सम्मेलन गर्दै जिग्री—पाँडे प्रतिष्ठानबाट निर्माणाधिन घरहरुको जानकारीका साथमा उक्त नारी समुहले ५१ हजार रुपैंया सहयोग गरेको हो । साथमा कार्यक्रममा कलाकार कृष्ण सिवाकोटीले ५ हजार, अर्जुन खनालले १० हजार र नविन गुरुङले ५ हजार सहयोग गरे । ‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ को यो अभियानमामा सप्तरी युथ नेपाल र युवा अभियन्ता रमेश प्रसाद शाहपनि सँगै सहयोगमा जुटेका छन् । अहिले घर निर्माणको काम ८० प्रतिशत सकिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले राम्रो काम गर्दा पनि आफुलाई पैसा खायो भन्ने जस्ता आरोप आउने गरेको बताए  । ‘युवाहरुले गर्न खोजेको राम्रो काममा पनि यहाँ साथ दिइदैन । म सडकमा ढुंगामुढा हान्न हिडेको भए सबैले राम्रो गरिस् स्याबास भन्थे होलान् तर गरिब जनताहरुका लागी सहयोग गर्न खोज्दा बिभिन्न किसिमका आरोप लगाइन्छ । कतिले पैसा खान र नाम कमाउनका लागी यो सबै गर्दैछ पनि भनेका छन् ।’, कुमारले रिस पोख्दै भने । साथै उनले आफुले नाम कमाउनका लागी नभएर नागरिक भएको कर्तब्य पालना गरेको बताए । ‘मलाई नाम कमाउनका लागी त ‘भद्रगोल’ नै काफि छ किन मैले अन्य काम गरेर नाम कमाउनु प¥यो । अर्को कुरा पैसा कमाउनका लागी अन्य पेसा जतिपनि छन् । मृत्युको मुखमा पुगेका नेपाली जनतालाई सहयोग गर्न खोजेका हौं त्यसैले हामीले सहयोगी मनहरुलाई सहयोगको अपिल पनि गरेका हौं ।’, उनले भने ।

त्यसैले प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले जम्मा लागत ३० लाख भनिएपनि अझै ५ लाख नपुग भएकोले घर हस्तान्तरण गर्नका लागी मिति तय नभएको बताए । यसअघि जेठ २ गते हस्तान्तरण गरिने भनिएपछि रकम अभावका कारण भनिएको मितिमा हस्तान्तरण गर्न नसकिने बताएका थिए । ‘हामीले यसअघि हस्तान्तरण गर्ने भनिएको मितिमा हस्तान्तरण गर्न सकेनौं, अझै पाँख लाखको अभाव छ । घर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ तर पैसाको खाँचो छ त्यसैले पनि सहयोगी मनहरुलाई सहयोग गरिदिनुहुन अपिल गर्दछौं ।’ अर्जुनले भने ।

कार्यक्रममा भद्रगोलकै अन्य कलाकारहरु सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), निर्देशक तथा कलाकार शंकर आचार्य, मधुसुधन पाठक लगायतले यो कार्यमा सबैलाई सहयोग गरिदिनका लागी आग्रह गरेका थिए । कार्यक्रममा ‘जिग्री पाँडे प्रतिष्ठान नेपाल’ ले गरेको कामको प्रशंसा गर्दै कलाकार बले— कक्रोजले अमेरिका बसाईको क्रममा ‘जिग्री—पाँडे’ ले गरेको घर निर्माणमा सघाउन २ लाख ५० हजार संकलन गरि हस्तान्तरण गरिसकेको जानकारी समेत दिएका थिए । ‘हामीले अमेरिकाको एक महिने बसाईको क्रममा त्यहाँ रहनुभएका नेपालीहरुलाई जिग्री—पाँडेले यस्तो सामाजिक कार्य गर्दैहुनुहुन्छ सहयोग गर्नुहुन्छ भन्दा एकैठाउँबाट हजार डलर उठेको थियो । हामीले उठाएको रकम जम्मा दुईठाउँबाट उठेको रकम हो ।’, कक्रोजले भने ।