परम्परा जोगाउदै गायक मिलन लामाले ल्याए असारे रोपाईँ गीत (भिडियो)

...

<pre style="text-align: justify; ">आर्टिस्ट खबर/ असार, काठमाडौं ।</pre><p style="text-align: justify; ">असार महिनालाई रोपाईँको महिना पनि भनिन्छ । नेपालमा खेतीवाली गर्ने किसानहरु यो महिनामा निकै नै ब्यस्त हुने गर्दछन् । बिशेषतः धानवालीका लागी रोपाईँ गर्ने असार महिना पानी पर्ने महिना पनि हो । संस्कृति तथा परम्पराकै रुपमा लिइएको यहि महिनाका बारेमा नेपालमा धेरै गीतहरु पनि बजारमा आए । असारमा धान रोपाईँ गर्ने शब्दहरु जोडेर केहि बर्षअघि सम्म धेरै गीतहरु बजारमा आएपनि केहिबर्ष यता भने यो परम्परा हराएको छ ।&nbsp;</p><p style="text-align: justify; ">यसैबिच पर्यटनसँग जोडेर बिभिन्न गीतहरु बजारमा ल्याएर दर्शकको मन जितेका गायक मिलन लामाले भने यो परम्परालाई जोगाएका छन् अर्थात असारे रोपाईँ गीत बजारमा ल्याएका छन् । रोपाईँ गीत शिर्षक दिइएको यो गीतको सार्वजनिक भिडियोमा खेतमा धान रोपाईगरेको देखाइएको छ । गीतमा मिलनको साथमा जुनु रिजालको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मिलनकै रहेको छ । शिब बिकले निर्देशन गरेको यो भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् भने रबिन बि.कले सम्पादन गरेका हुन् ।</p><p style="text-align: justify; ">पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्र पैसामुखी भइरहेको पाइन्छ । 'स्टेज केन्द्रित' तथा 'युट्युव भ्यु' केन्द्रित गीतहरुले गर्दा नेपाली रितिरिवाज तथा संस्कृति पछि पर्दै गएको पनि पाइन्छ । तर गायक मिलनले पैसामुखी भन्दा पनि नेपाली संस्कृति बचाउन तिर लागेको यो गीतबाट बुझिन्छ । मिलनले यो भन्दा अघि पनि बिभिन्न पर्यटनसँग जोडिएका तथा संस्कृतिसँग जोडिएका गीत बजारमा ल्याइसकेका छन् ।&nbsp;</p><pre style="text-align: justify; ">Video:&nbsp;
<iframe frameborder="0" src="//www.youtube.com/embed/acPGP2DzfPc" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>