<pre>असार काठमाडौं। </pre><p>बलिउडका स्टार सलमान खानको विवाहको चर्चा उनका फ्यानहरु सबैमा चासोको विषय बनेको छ। उनी कहिले विवाह गर्लान त भन्ने जान्नका लागि हर कोही आतुर छन्। तर भारतीय मिडियाका अनुसार सलमानका आफ्नै भाई भने सलमानको विवाह नहोस भन्ने चाहन्छन्। <br>हालै अरबाज आफ्ना दुई भाइहरु सलमान र सोहेल को साथमा करण जौहर को शो 'कफी विद करण'मा पुगेका थिए। यसै दौरान उनलाई सोधियो कि सलमान एक्लो नै ठिक छन् या उनलाई विवाह गर्नु जरुरी छ? यस बारेमा अरबाजले सलमान सिंगलनै ठिक रहेको राम्रो भएको बताएका छन्। उनको आसपास जे भएको छ उनले देखेका नै छन्। यसो भन्दा अरबाज ले आफ्नो व्यक्तिगत जिवनमा इशारा गर्न खोजेको भान हुन्छ्।अरबाज हालै मलाइका संग अलग भएका हुन् यस्तै सलमानका अर्का भाई सोहेलको पनि पत्नि सिमा संग सम्बन्ध राम्रो नभएको खवरहरु आइरहेको छ। सायद यहि भएर नै सलमानले विवाहको बारेमा नसोचेको पनि हुन सक्छ्। उनले मिडियासामु भनेका पनि छन कि उनी कसैसंगको सम्बन्धलाई लिएर अलमलमा छन्। र अरबाजले पनि सलमानको विवाह होस भन्ने नचाहेको बताएका छन्। पछिल्लो समय लुलिया वन्तुर संगको चर्चा परिचर्चालाई पनि सलमानले केही प्रतिकृया दिएका छैनन्। एजेन्सी</p>