‘तिमी संग’ मा साम्राज्ञीको यस्तो लुक्स (टिजर )

असार काठमाडौं।

डेब्यु चलचित्र 'ड्रिम्स' बाट दर्शकमाझ सर्वाधिक चर्चामा आएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको दोस्रो चलचित्र 'तिमी संग'को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा नायिका साम्राज्ञी, नायक द्धय आकाश श्रेष्ठ र नाजिर हुसेन फिचरिंग भएका छन्। साथै टिजरमा नायिका करिष्मा मानन्धर पनि देखिएकी छिन्।

प्रेमकथामा आधारित यस चलचित्रमा अभिनेता शिशिर राणाको डेब्यु निर्देशन रहेको छ। निर्माण पक्षले चलचित्रको टिजर संगै चलचित्रको प्रर्दशन मिति पनि तोकेको छ। चलचित्र भदौ ८ बाट प्रर्दशनमा आउने बताइएको छ। शिशिरकै कथामा बनेको यस चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ ।यसका साथै भदौ १६ मा साम्राज्ञीको अर्को चलचित्र ए मेरो हजुर पनि प्रर्दशन हुँदैछ।