असार १८ मा विवाह गर्दै निशा र शरद

...

<pre><b>असार काठमाडौं।&nbsp;</b></pre><p>नायिका निशा अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएकी छिन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकर संगको प्रेम सम्बन्धलाई उनी अब विवाहमा परिणत गर्दै छिन्। उनीहरुको असार १८ गते विवाह हुने मिडियामा खवर आएको छ। उक्त दिन बेलुका शरदको परिवारको तर्फबाट प्रितीभोजको कार्यक्रम पनि राखिएको बताइएको छ। दुवै पक्षको पारिवारिक सहमतिमा उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गर्न लागेका हुन्।&nbsp;</p><p>केही समयदेखिनै उनीहरु विचको प्रेम सम्बन्धको चर्चा मिडियामा हुन् थालेको थियो। उनीहरुका विभिन्न तस्विरहरुपनि यस अघि मिडियामा निकै नै आएको थियो। अब भने उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेर जिवन्तता दिन लागेका हुन्।</p>