साउन, काठमाडौं । सन् १९९३ को मुम्बई बमकाण्डमा दोषी प्रमाणित भएपछि पुणेको यरवदा जेलमा सजाय भोगिरहेका सञ्जय दत्तले जेलभित्रैबाट रेडियो कार्यक्रम सञ्चालन सुरु गरेका छन् । ‘गुड अफ्टरनुन’ , ‘वेलकम रेडियो वाइसिपी’, ‘म हुँ तपाईंहरुकै आरजे सञ्जय दत्त’ ।’ यसरी नै रेडियोमा आफ्नो चिनारी दिन्छन् सञ्जयले । कुनै बेला फिल्म लगे रहो मुन्नाभाइमा आरजेको भूमिकामा अभिनय गरेका दत्त अहिले वास्तविक जीवनमै आरजे बनेका छन् ।
जेल प्रशासनले जेलकै रेडियो स्टेशनमा आरजे नियुक्त गरेपछि उने कार्यक्रम चलाउन सुरु गरेका हुन् । हरेक दिन १२ बजेदेखि १ बजेसम्म उनको कार्यक्रम समय हो । दैनिक एकघन्टे कार्यक्रमको स्क्रिप्ट जेलका अन्य कैदीसँग मिलेर उनले तयार पार्ने गरेका छन् ।
रेडियो कार्यक्रममा सञ्जयले आफ्ना फ्यानहरुलाई भक्ति गीत, चर्चित व्यक्तिका अन्तर्वार्ता र कैदीहरुसँग जोडिएका महत्वपूर्ण जानकारी र कानुनी सामग्री प्रस्तुत गर्ने गर्छन् ।
(एजेन्सीको सहयोगमा)