<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; ">पछिल्लो समय युवा पुस्ता माझ निकैनै चर्चित बनेको छ गीत 'अनी किन ल्याङ ल्याङ गर्दैछौ मैयाँ' । चलचित्र 'रोमियो' मा समावेश गरिएको यो गीतको विभिन्न कभर भिडियोहरु बजारमा आएका छन्। तर गीतको ओर्जिनल भिडियो भने सार्वजनिक भएको छैन्। अडियो मात्र सार्वजनिक भएको यो गीतको अब भने दर्शकहरुले ओर्जिनल भिडियो पनि हेर्न पाउने भएका छन्। चलचित्र निर्माण पक्षले यस गीतको भिडियो पनि छायाँकन गरेका छन्। बिहिबार काठमाडौको ठमेल स्थित एक डान्स क्लबमा भिडियोको छायांकन गरिएको छ। भिडियोमा नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालाको अभिनय रहेको छ। </p><p style="text-align: justify; ">८० जना भन्दा बढी कोरससमेत राखेर छायांकन गरिएको गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता हसनराजा खान र नव–अभिनेत्री ओसिमा बनुले समेत नृत्य गरेका छन् । यसै गीतबाट अशिष्मा र संजोग चलचित्रमा अतिथि कलाकारको रुपमा देखिन लागेका हुन्। गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको आवाज तथा सुनिल पाण्डेको संगीत रहेको छ। शंकर कार्कीको निर्देशन तथा नायक हसनराजा को निर्माण मा बनेको चलचित्र रोमियो कार्तिक १७ गतेबाट प्रर्दशनमा आउने बताइएको छ। </p>