टंकले ल्याए बिद्यार्थीहरुका लागी बालनाटक सङ्ग्रह

असार, काठमाडौं ।

सर्जक तथा रंगकर्मि टंक चौलागाईले विद्यालयहरुका लागि लक्षित गरेर बालनाटक सङ्ग्रह ‘किताबभित्र किताबबाहिर’ ल्याएका छन् । यस सङ्ग्रहभित्र विद्यार्थीहरुले पढेका चर्चित कथाहरु, लोककथा, परिकथालाई नेपालीमा नाट्यरुपान्तरण गरिएको लेखकले बताएका छन् । कक्षा युकेजीदेखि बाह्रसम्मका विद्यार्थीहरूको तहअनुसार बर्गिकरण गरिएका नाटकहरू पढ्दा विद्यार्थी रमाउनेभएकाले पनि सङ्ग्रह उपयोगी हुने ठहर लेखकको छ ।

लेखक चौलागाईं भन्छन्– ‘पुस्तकमा नाटकलाई सजिलै अभ्यास गराउने तरिका, आशुरचना, माइम, चरित्र विश्लेषण, वेशभूषा, मञ्च सरसामाग्री, प्रकाश, सङ्गीत आदिको बारेमा जानकारी राखिएको छ । यसको बारेमा सबैलाई ज्ञान दिनु यो किताबको लक्ष्य हो ।’ यस पुस्तकमा दश मिनेटदेखि डेढ घन्टासम्मका प्राथमिक तहका लागि १३ वटा र माध्यमिक तहका लागि १५ ओटा नाटकहरु छन् । यो  एक दशक भन्दा लामो समयदेखी विद्यालयहरुमा आधुनिक रंगमञ्च र अभिनय शिल्प पढाईरहेका चौलागाईँका छानिएका नाटकहरुको सङ्ग्रह हो । उनले विद्यालयहरुका लागि आफ्नै किसिमको रंगमञ्च पाठ्यक्रम पनि तयार पारेका छन् । उनले विद्यालयमा रंगमञ्च पढाएको विद्यार्थीहरु अहिले व्यवासायिक कलाकार भएर रंगमञ्च र चलचित्रमा काम गरिरहेका छन् । चौलागाईँ आफैँले प्रकाशित गरेको २९२ पृष्ठको पुस्तकको मुल्य ४९५ रहेको छ ।